डोटीमा विस्तार हुँदै चैते धानखेती

Published on

काठमाडौं । डोटीको शिखर नगरपालिका(३ का किसान बम कार्कीले चैते धानखेती गर्न थालेको २० वर्ष भयो । उहाँ चैते धानमात्रै वर्षमा १० देखि १५ क्विन्टल फलाउनुहुन्छ । वर्षमा दुई बाली धान भित्र्याउँदा दोब्बर फाइदा हुने कार्की बताउनुहुन्छ ।

यो वर्षका लागि उहाँले चैते धानको बेर्ना छरिसक्नुभएको छ । “गहुँ काटिसकेपछि जमिन बाझो छोड्नुभन्दा चैते धान रोप्नु उत्तम हुन्छ”, कार्कीले भन्नुभयो, “यसरी एकै वर्ष दुई वटा धान बाली भित्र्याउदा दोब्बर फाइदा हुन्छ ।” उहाँले धानबाट मात्रै नभएर पराल पनि फाइदा लिन सकिने बताउनुहुन्छ । चैते धानको भात अरु धानको चामलभन्दा स्वादिलो हुनुका साथै धानको पराल गाईबस्तुका लागि उपयोगी हुने र बेच्न पनि सकिने उनको भनाइ छ । चैते धानखेतीका लागि अन्य धानखेतीको तुलनामा अलि बढी मेहनत चाहिने उहाँ बताउनुहुन्छ । सुरुमा बीउ उमार्न गाह्रो हुने र रोपेपछि पानी बढी चाहिने हुन्छ । चैत वैशाखमा आकाशको पानी नपर्ने हुँदा नदीको पानी धेरै चाहिने र नदीको पानी सुक्ने अवस्था भयो भने फरल लिन नसकिने उहाँ बताउनुहुन्छ । यो वर्ष कार्कीले जस्तै शिखर नगरपालिका(२ कालागाडका अन्य किसानले पनि चैते धान रोप्ने भएका छन् ।

गालागाडका करिब ३० परिवारले चैते धानका लागि फागुन पहिलो साता बीऊ राखिसकेका छन् । स्थानीय किसान राने धामीका अनुसार यहाँका किसानले प्रतिकिसान पाँच केजीदेखि १५ केजीसम्म बीऊ राखेका छन् । कृषि ज्ञानकेन्द्र डोटीबाट चैते धानको बीउ उपलब्ध भएपछि धान रोप्ने तयारी गरेको धामीले बताउनुभयो । उहाँहरुले पहिलो पटक चैते धान रोप्न लागेकाले ढुक्क भने नरहेको धामीले बताउनुभयो । “धान रोप्ने भनेर बीऊ राखेका छौँ मौसमले साथ दिएन भने धान र मेहनत खेर जान्छ होला ।” कृषि ज्ञानकेन्द्र र किसानका बीचमा समन्वयकारी भूमिका निर्वाह गरिरहेको जानकारी शिखर नगरपालिका(२ का वडाध्यक्ष गणेश बोगटीले बताउनुहुन्छ । ज्ञान केन्द्रकै सल्लाहअनुसार बीऊ राखेको बताउँदै वडाध्यक्ष बोगटीले आफू किसानहरुका साथमा रहेको उहाँले बताउनुभयो । उहाँले किसानलाई आवश्यक समयमै मल उपलब्ध गराउन पहल गर्ने प्रतिबद्धता पनि जनाउनुभयो । रासस

spot_img

ताजा समाचार

पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृहको निर्देशन

काठमाडौं । गृह मन्त्रालयले नेपाल-चीन सम्बन्धमा नकारात्मक असर पुर्‍याउने किसिमका गतिविधिमा संलग्न दोषीमाथि छानबिन...

हावाहुरीसहितको असिनाले किसान चिन्तित, हजारौँ बिघाको बाली नष्ट

काठमाडौं । सुनसरीमा सोमबार राति आएको हावाहुरीसहितको असिनापानीले मकै, गहुँ तथा तरकारी बालीमा ठुलो...

भुजीखोला बाढीको पाँच वर्ष : पीडित अझै आवासविहीन

काठमाडौं । पश्चिम बागलुङको भुजीखोलामा भीषण बाढी आएको पाँच वर्ष बितिसक्दा पनि पीडितले आवास...

क्यान्सर परीक्षण गर्न काठमाडौँ महानगर र वीर अस्पतालबीच सहकार्य

काठमाडौं । महिलाको स्तन र पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण गराउन र प्रारम्भिक उपचारका...