दुध उत्पादक किसान भुक्तानी माग्दै आन्दोलित

Published on

काठमाडौं । ६ महिना यता दुध भुक्तानी नपाएपछि कृषकले आन्दोलन सुरु गरेका छन् । भुक्तानीको माग गर्दै दुध उत्पादक किसानले सोमबार जिल्ला प्रशासन कार्यालयमा दुई घण्टा धर्ना दिएका छन् ।

दुग्ध उत्पादन जिल्ला सहकारी संघ लि। धनकुटाको भेला भएका सयभन्दा वढी किसानले विहान १० देखि १२ बजेसम्म दुई घण्टा जिल्ला प्रशासन कार्यालय धनकुटामा धर्ना दिएका हुन् । प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलमार्फत् सरकारलाई ज्ञापनपत्र बुझाउँदै दुग्ध किसानको सरकारी स्वामित्वमा रहेका डीडीसीलगायतका अन्य डेरी उद्योगीले विगत ६ महिना अघिदेखि ६ अर्व बढीको भुक्तानी वक्यौता रहेको केन्द्रीय दुग्घ सहकारी संघ लि। नेपालका अध्यक्ष अम्बरवहादुर कुँवरको भनाइ छ ।

संघले आगामी फागुन १७ गते जिल्ला दुग्ध उत्पादक सहकारीको संघहरुको नेतृत्वमा विहान १० देखि १२ बजेसम्म दुई घण्टा राजमार्ग तथा सम्भावित सडक मार्गहरुमा शान्तिपूर्ण चक्काजाम र २१ गते देशभरका किसानलाई माइतीघर मण्डलामा भेला गराएर धर्ना तथा विरोधको कार्यक्रम तय गरेको छ ।

spot_img

ताजा समाचार

जनताप्रतिको सेवाभावमा कमी हुँदैन : अध्यक्ष ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको परिणाम आफ्नो...

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

काठमाडौं । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा २२ दशमलव पाँच मेगावाट क्षमताको माथिल्लो ठूलोखोला जलविद्युत्...

खाडीमा इरानी आक्रमण, तेल १०० डलर नाघ्यो

काठमाडौं । मध्यपूर्वमा जारी युद्धका बीच इरानले खाडी क्षेत्रका ऊर्जा पूर्वाधार र जहाजहरूलाई लक्षित...

कञ्चनपुरका निर्वाचित सांसद जनताको समस्या बुझ्न गाउँ–बस्तीमा

काठमाडौं । कञ्चनपुरबाट नव निर्वाचित सांसदहरू जनताको समस्या बुझ्न गाउँ–बस्तीमा सक्रिय छन्। पहिलो पटक...