बुटवलमा पशु वधशाला सञ्चालनको तयारी

Published on

काठमाडौं । बुटवल उपमहानगरपालिकाले वधशाला सञ्चालनलाई सबै क्षेत्रले सकारात्मक रुपमा लिन आग्रह गरेको छ । नगरबासीलाई स्वच्छ र सफा मासु उपभोग गर्ने व्यवस्था अनुसार मासु वधशाला सञ्चालनको तयारीमा रहेको भन्दै बुटवलले वधशालाबाट वध गरी प्रशोधन गरेको मासु उपभोग गर्न आग्रह गरेको हो ।

सोमबार मासुसँग सम्बन्धित सरोकारवालाहरुसँगको छलफलमा नगर प्रमुख खेलराज पाण्डेयले स्वच्छ र स्वस्थ मासु उपभोग गर्न पाउने उपभोक्ता अधिकार र स्वास्थ्यलाई ध्यानमा राखेर बधशाला सञ्चालन हुन लागेकाले सबै नगरबासीले वधशालामा वध गरेको मासु उपभोग गर्न आग्रह गर्नुभयो । उहाँले बुटवललाई व्यवस्थित र आधुनिक सहरका रुपमा स्थापित गर्नका लागि बधशालाले थप मद्दत पुर्‍याउने बताउँदै वधशाला सञ्चालनपछि यस क्षेत्रका किसान र व्यवसायीलाई समेत लाभ पुग्ने बताउनुभयो । वधशाला सञ्चालनपछि बुटवल स्वस्थ मासु उत्पादन र बिक्री गर्ने सहरका रुपमा स्थापित हुने र यसले बुटवलबाहिरका सहरमा समेत मासु बिक्री गर्न सक्ने प्रमुख पाण्डेयले बताउनुभयो ।

उपप्रमुख सावित्रादेवी अर्यालले बुटवलका कतिपय पशु वधस्थल र मासु पसलहरु अत्यन्तै दुर्गन्धित रहेको बताउँदै वधशाला सञ्चालनपछि उपभोक्ताले हानिकारक मासु उपभोग गर्न नपर्ने बताउनुभयो । मुक्तिनाथ लाइभस्टक बैंक लिमिटेडका उमेश आचार्यले बधशाला सञ्चालनका लागि आवश्यक उपकरण जडान भइरहेको र पूरा हुनेवित्तिकै सञ्चालन गर्ने बताउनुभयो । मुक्तिनाथ लाइभस्टकले भ्याट र अन्य करबाहेक वार्षिक ५८ लाख ३८ हजार ७ सय १० रुपैयाँ बुटवल उपमहानगरपालिकालाई बुझाउने छ । बुटवल उपमहानगरपालिकाको पशु वधशाला व्यवस्थापन र सञ्चालन ऐन २०७९ अनुसारको यो व्यवस्था कार्यान्वयनमा आएपछि बुटवलमा रहेका मासु पसलहरुले खसीबोकाको मासु बिक्री गर्दा पशु वधशालामा वध गरी प्रमाणीकरण गरेको मासु मात्रै बिक्री गर्न पाउने छन् ।

वधशाला सञ्चालनका लागि बुटवल उपमहानगरपालिकाले नगरसभाबाट पशु वधशाला सञ्चालन र व्यवस्थापन विधेयक २०७९ पारित गरेको छ । विधेयकले पशु वधशाला सञ्चालन तथा व्यवस्थापन गर्ने, मापदण्ड पूरा गरी वध गर्ने, बिक्री केन्द्रसम्म ओसारपसार गर्दा मापदण्ड पूरा भएका साधनको मात्रै प्रयोग गर्ने, मासु बिक्री गर्न इजाजत पत्र लिनुपर्नेजस्ता व्यवस्था गरेको छ । बुटवल उपमहानगरपालिका–१० रामनगरमा २ विगाह ३ कठ्ठा क्षेत्रफलमा वधशाला निर्माण भएको छ ।

ताजा समाचार

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

काठमाडौं । कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको छैन । पशुचौपाया दूध...

दाङमा बढ्दै डेङ्गुका बिरामी

काठमाडौं । दाङका विभिन्न स्थानमा डेङ्गुका बिरामी देखा पर्न थालेका छन् । घोराहीस्थित राप्ती स्वास्थ्य...

वार्षिक १५ जनाको कलेजो प्रत्यारोपण

काठमाडौं । नेपालमा केही वर्षअघिसम्म कल्पनामा सीमित रहेको कलेजो प्रत्यारोपण निरन्तर रूपमा हुन थालेको...

‘सहकर्मी गुमाउँदा अत्यन्त मर्माहत’

काठमाडौं । सौर्य एयरलाइन्स प्रालिले स्थापनाकालदेखि परिवारको रुपमा काम गर्दै आएका मित्र एवम् सहयोगीहरुको...