बागमती प्रदेशसभाको बैठक आज बस्दै

Published on

काठमाडौं । बागमती प्रदेशसभाको बैठक आज बस्ने भएको छ । बैठक प्रदेशसभा सचिवालयमा अपराह्न ३ बजे बस्ने प्रदेशसभाका प्रमुख सचिव कृष्णहरि खड्काले राससलाई जानकारी दिनुभयो ।

आजको बैठकमा प्रदेशसभाका सत्तापक्ष र प्रतिपक्षी दलका संसदीय दलका नेताहरुले सम्बोधन गर्ने र केही विधेयक पनि प्रस्तुत हुने कार्यसूची रहेको प्रमुख सचिव खड्काले जानकारी दिनुभयो । आजको सो प्रदेशसभा बैठकअघि सर्वदलीय बैठक बस्दैछ । यसअघि बसेको सर्वदलीय बैठकमा संसद् सञ्चालनको विषयमा सहमति जुटे पनि सत्तापक्ष र प्रतिपक्ष दलबीचको पूर्वनिर्धारित सहमतिका विषयमा भने कुरा मिल्न सकेको थिएन ।

सोही विषयमा छलफल गरी सहमतिमा पुग्नेगरी आज पनि सर्वदलीय बैठक बस्न लागेको हो । बागमती प्रदेशसभाको बैठक यसअघि गत असोज २२ गतेदेखि बसेको छैन । दलबीचको विवादका कारण यहाँको प्रदेशसभा बैठक प्रभावित हुँदै आएको हो । रासस

ताजा समाचार

क्याप्टेन वेद उप्रेतीको ‘पाइलट प्रेम’ पुस्तक विमोचन

अरुण डगौरा । क्याप्टेन वेद उप्रेतीको नयाँ पुस्तक ‘पाइलट प्रेम’ विमोचन गरिएको छ ।...

प्रेम विवाह गरेका नेहा र सत्येन्द्रको सुरक्षा सरकारले गर्छ : गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले प्रेम विवाह गरेका सर्लाहीको बरहथवाका नेहा रौनियार र सत्येन्द्र...

भीम रावलले धनगढीमा जागरण भेलाको आयोजना गर्ने

काठमाडौँ । नेकपा (एमाले)बाट निष्कासित भइसकेपछि मातृभूमि जागरण अभियानमा लाग्नु भएका पूर्व उपप्रधानमन्त्री भीम...

पृथ्वी पत्रकारिता पुरस्कारका लागि अक्षयकोष स्थापना

काठमाडौँ । नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा बर्दियाले पृथ्वी पत्रकारिता पुरस्कार अक्षयकोष स्थापना गरेको...