भरतपुर भ्रमण वर्ष २०२४ हुने

Published on

काठमाडौं । ‘घुमौ भरतपुर’ भन्ने नाराका साथ सुरु हुन लागेको भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्नुहुनेभएको छ भने उद्घाटन कार्यक्रममा पूर्व प्रधानमन्त्रीहरुलाई सहभागि गराउने तयारी भैरहेको छ ।

भरतपुर महानगरकी प्रमुख रेनु दाहालले महानगरले सबै पूर्व प्रधानमन्त्रीहरुलाई निमन्त्रणा पठाएको र अधिकाशं सहभागि हुने जनाउनुभएको बताउनुभयो । फागुन १८ गते आयोजना हुन लागेको भरतपुर पर्यन वर्ष २०२४ को उद्घाटन समारोहको तयारीका सम्वन्धमा जानकारी दिने उद्देश्यले मंगलबार भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख दाहालले भ्रमण वर्ष सफल बनाउन सबैमा आग्रह गर्नुभयो । “प्रधानमन्त्री ज्यूले उद्घाटन गर्नुहुने यो कार्यक्रममा पूर्व प्रधानमन्त्री, संघीय सरकारका मन्त्री, सातै प्रदेश प्रमुख, मुख्यमन्त्री, मन्त्रीहरू, संघ तथा प्रदेश सांसदहरु लगायत तथा विशिष्ट व्यक्तिहरुको उपस्थिति रहने छ”, पत्रकार सम्मेलनमा प्रमुख दाहालले भन्नुभयो ।

उद्घाटन शत्र नारायणगढको नारायणी नदी किनारमा हुने कार्यक्रम तय भएको छ । भरतपुर भ्रमण वर्षको उद्घाटन कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको पनि उहाँले जनाउनुभयो । भ्रमण वर्ष उद्घाटन समारोहमा करिब ५० हजार जनसहभागिता गराउने तयारी महानगरले गरिरहेको छ । यसका लागि महानगरभित्र रहेका २९ वटै वडावाट बाजागाजा सहितका झाकीहरु सहितको र्‍याली निकाल्ने तयारी महानगरले गरि रहेको छ । सो अवसरमा राष्ट्रिय कालकारहरूको प्रस्तुति समेत रहने बताइएको छ । भ्रमण वर्ष सफल पार्न महानगर प्रमुख रेनु दाहालको संयोजकत्वमा २०२४ सदस्यीय मूल समारोह समिती तथा ७ सदस्यीय निर्देशन समिति गठन गरिएको छ । यस्तै महानगरका उपप्रमुख चित्रसेन अधिकारीको संयोजकत्वमा १९ सदस्यीय कार्यसम्पादन समिति, जिल्लाका विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरु संलग्न सल्लाहकार समिति, विभिन्न ३० वटा विषयगत उपसमितिहरु गठन गरी भ्रमण वर्षको तयारी गरिएको पनि पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

महानगरभित्र रहेका पर्यटकिय गन्तव्यहरुको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रर्वद्धन गर्ने, पर्यटकको संख्या र बसाइँ अवधी वृद्धिगर्दै दिगो पर्यटन विकासबाट आर्थिक समृद्धि गराउने उद्देश्यले पर्यटन वर्ष मनाउन लागिएको हो । प्रमुख दाहालले पर्यटन वर्षले आर्थिक तथा पर्यटन क्षेत्रलाई टेवा दिने अपेक्षा गरिएको बताउनुभयो । भरतपुर भ्रमण वर्षमा विभिन्न निजी क्षेत्र तथा विभिन्न संघसंस्थाहरुको अगुवाईमा वर्ष भरी ५१ वटा विभिन्न कार्यक्रमहरु सञ्चालन हुनेछन् । भ्रमण वर्षमा करिब २ लाख

बाह्य पर्यटक तथा ५ लाख आन्तरिक पर्यटक भित्र्याउने लक्ष्य महानगरले लिएको छ । भ्रमण वर्षमा घुम्न आउने पर्यटककालागि भरतपुर सहित सौराहा र गैँडाकोटमा रहेका होटलहरुमा १५ हजार वेड व्यवस्था भएको महानगरका प्रशासकिय अधिकृत नरेन्द्र कुमार रानाले जानकारी दिनुभयो ।

ताजा समाचार

बिरामीको मृत्युपछि अस्पताल परिसरमा तनाव

काठमाडौं । धनगढीको नोभा अस्पतालमा उपचाररत बिरामीको मृत्यु भएपछि अस्पताल परिसरमा तनाव उत्पन्न भएको...

बागमती सफाइ महाअभियान पाँच सय ८५ औँ हप्तामा

काठमाडौं । राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा भन्ने नाराका साथ सुरु भएको बागमती...

सुशासन र अर्थतन्त्र सुधार सरकारको प्राथमिकतामा : सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी...

प्लाइउड निर्यात दोब्बरले बृद्धि

काठमाडौं । गत केही वर्ष यता नेपालगन्ज नाकाबाट भारततर्फ हुँदैगएको प्लाइउड निकासी अघिल्लो आर्थिक...