आन्तरिक पर्यटकको रोजाइमा पर्दै ढकेरी

Published on

काठमाडौं । बाँकेको राप्ती सोनारी गाउँपालिकाको ढकेरी क्षेत्र पूर्वाधार विकाससँगै आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ । यहाँ रहेका वनस्पति उद्यान र रिम्ना सामुदायिक उद्यान आन्तरिक पर्यटकको आकर्षणका केन्द्र बन्दै गएका छन् ।

वनस्पति उद्यान र रिम्ना सामुदायिक वनको उद्यानमा दैनिक सयौँको सङ्ख्यामा आन्तरिक पर्यटकको लर्को लाग्ने गरेको स्थानीय अगुवा विश्वराज खनालले बताउनुभयो । “शनिबार र अन्य सार्वजनिक बिदाको दिनमा पार्क घुम्ने मान्छेको भीडभाड हुने गर्छ”, उहाँले भन्नुभयो, “वनस्पति उद्यान र रिम्ना सामुदायिक वनमा घुम्न आउने आन्तरिक पर्यटकले ढकेरी बजारमा चहलपहल हुने गरेको छ ।” वनस्पति उद्यान घुम्न आउने आन्तरिक पर्यटकलाई ढकेरी बजारमा रहेका होटलले स्थानीय स्वाद चखाउने गरेका छन् । खास गरी यहाँ कुखुराको बँधिया भालेलाई साँधेर मौलिक परिकारका रुपमा आन्तरिक पर्यटकलाई खुवाउने गरिएको खनालको भनाइ छ । आन्तरिक पर्यटन प्रवद्र्धन गर्न अहिले ढकेरी बजारमा साधारणदेखि सुविधासम्पन्न होटल व्यवसाय सञ्चालन भएका छन् ।

ढकेरी क्षेत्रमा पाइने कुखुराको मौलिक परिकारको स्वाद लिन कोहलपुर बजार र सदरमुकाम नेपालगञ्जबाट सर्वसाधारण पुग्ने गरेको स्थानीय अग्र्यानिक घरबास (होमस्टे)का सञ्चालक भरत खड्काले बताउनुभयो । खड्काले ढकेरी क्षेत्रमै एकदशकदेखि होमस्टे सञ्चालन गरेर यहाँको मौलिक स्वादलाई प्रवद्र्धन गर्दै आउनुभएको छ । “यहाँको विशेषता भनेकै कुखुराका मौलिक परिकारको स्वाद हो । पाहुनाको अनुरोधमा कुखुराको बँधिया भाले समेत उपलब्ध गराउने गरेका छौँ,” उहाँले भन्नुभयो । ढकेरी बजारमै वनस्पति उद्यान रहेको छ । वि।सं।२०५६ मा स्थापना भएको यस उद्यानमा चार सय ५० बढी सङ्ख्याका वनस्पति प्रजातिको संरक्षण भइरहेको छ । विद्यार्थी तथा सर्वसाधारणले ढकेरी क्षेत्रमा सधैँ चहलपहल हुने गरेको छ । सदरमुकाम नेपालगञ्जबाट करिब २५ किलोमिटर पूर्वतर्फ पूर्व(पश्चिम राजमार्गमा रहेको ढकेरी क्षेत्रमा अहिले पूर्वाधार विकासको काम पनि भइरहेको छ । ढकेरी क्षेत्रको करिब एक किलोमिटर सडक दुवैतर्फ विस्तार गरी फराकिलो बनाइएको राप्ती सोनारी गाउँपालिका(९ का वडाध्यक्ष सोहनलाल थारूले बताउनुभयो ।

उहाँका अनुसार, ढकेरी क्षेत्रमा सडक विस्तारसँगै नाली निर्माण, विद्युत विस्तारलगायत पूर्वाधार विकासका काम भइरहेका छन् । आन्तरिक पर्यटन प्रवद्र्धनका लागि रिम्ना उद्यानलाई थप व्यवस्थित गरिने भएको छ । रासस

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...