सरकारी निकायमा चार्टर्ड एकान्टेण्टको दरबन्दी व्यवस्था गर्न सरकार सकारात्मक : अर्थमन्त्री पौडेल

Published on

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सरकारी निकायमा चार्टर्ड एकान्टेण्टका लागि दरबन्दीको व्यवस्था गर्ने विषयमा सरकार सकारात्मक रहेको बताउनुभएको छ । शनिबार साँझ काठमाडौँमा नेपाल चार्टर्ड एकाउन्टेण्ट्स संस्थाको दशौँ परिषदको शपथग्रहण समारोहलाई सम्बोधन गर्नुहुँदै यस्तो बताउनुभएको हो ।

अर्थमन्त्री पौडेलले राज्यका सम्वद्ध निकायहरुमा चार्टर्ड एकान्टेण्टको दरबन्दी राख्ने विषयमा सरकार छिट्टै निष्कर्षमा पुग्नेगरी पहल गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले राज्यका सम्वद्ध निकायहरुमा अर्थ मन्त्रालय, अर्थ मन्त्रालय मातहतका निकाय, महालेखा परीक्षक कार्यालय र त्यसका मातहतका निकायलगायत अन्य निकायहरुमा चार्टड एकाउन्टेण्टका लागि दरबन्दीको प्रवन्ध गरिने बताउनुभयो । अर्थमन्त्री पौडेलले राज्यमा सम्वद्ध निकायमा चार्टर्ड एकान्टेण्टहरुका लागि दरबन्दीको व्यवस्था हुनुपर्ने मागमा सकारात्मक रहेको बताउनुभयो । उहाँले मुलुकको लेखा प्रणालीलाई प्रभावकारी र पारदर्शी बनाउन चार्टर्ड एकान्टेण्टहरुको महत्त्वपूर्ण भूमिका रहेको जानकारी दिनुभयो । अर्थमन्त्री पौडेलले कर प्रणालीमा सुधार, आर्थिक पारदर्शिता, जवाफदेहिता र कर्तव्यपरायणता मुलुकको उन्नतिको पूर्वशर्त रहेको बताउनुभयो । उहाँले आगामी दिनमा कर प्रणाली र लेखा परीक्षणको विकासमा आधुनिक प्रविधिको प्रयोगसहित चार्टर्ड एकाउन्टेण्टको विधालाई प्रभावकारी सशक्त र विश्वसनीय बनाउनको निम्ति चार्टर्ड एकाउन्टेण्ट संस्थाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गर्नुभयो ।

अर्थमन्त्री पौडेलले भन्नुभयो, ‘‘आगामी दिनमा कर प्रणाली र लेखापरीक्षणको विकासमा आधुनिक प्रविधिको प्रयोग सहित चार्टर्ड एकाउन्टेण्टको विधालाई प्रभावकारी,सशक्त र विश्वसनीय बनाउनको निम्ति चार्टर्ड एकाउन्टेण्ट संस्थाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ । पछिल्ला दिनहरुमा चार्टड एकाउन्टेण्ट सरकारका सम्वद्ध निकायहरुमा चार्टर्ड एकाउन्टेण्टको दरबन्दी प्रबन्ध हुनुपर्छ भन्ने कोणबाट पनि आवाजहरु उठिरहेका छन् । छलफल चलिएरहेको छ । हामीले लेखापरीक्षणको क्षेत्रमा जुन गुणस्तरको अपेक्षा गरेका छौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चार्टर्ड एकान्टेण्टले देखाएको पारदर्शी दक्षताले सरकारी निकायहरुमा चार्टर्ड एकान्टेण्टको दरबन्दी गर्नुपर्ने महशुस गरेको बताउनुभयो । उहाँले सरकारले सरकारी निकायहरुमा लेखापरीक्षणमा चार्टर्ड एकान्टेण्टहरुले देखाएको राम्रो कामका आधारमा दरबन्दीकै व्यवस्था गर्ने पक्षमा सरकार पुगेको उल्लेख गर्नुभयो । गभर्नर अधिकारीले चार्टर्ड एकान्टेण्टको महत्त्व र नेपालमा मात्रै नभएर अन्तर्राष्ट्रिय रुपमा पुर्‍याएको योगदान लोभ लाग्दो रहेको बताउनुभयो । गभर्नर महाप्रसाद अधिकारीले चार्टर्ड एकान्टेण्टसंस्थाले अन्तर्राष्ट्रिय मापदण्डअनुसार काम गरिरहेको उल्लेख गर्नुभयो । उहाँले आगामी दिनमा पनि लेखाप्रणालीलाई पारदर्शी बनाउने गरी काम गर्न थप सक्रियता बढ्ने अपेक्षा रहेको बताउनुभयो ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...