विद्यार्थीको क्षमता देखाउने थलो बन्दै ए.एफ.यु.मेला

Published on

काठमाडौं । लेश्वर नगरपालिकाको वडा नं। ४ मा रहेको शुकदेव माध्यमिक विद्यालयको प्राविधिक शिक्षालय तर्फका विद्यार्थीहरुले यसक्षेत्रमा निर्माण गर्न सकिने विभिन्न परियोजनाहरुलाई प्रोजेक्टको रुपमा प्रस्तुत गरेका छन् ।

कक्षा ९ देखि प्राविधिकतर्फ सिभिलको अध्ययन हुने यस विद्यालयका विद्यार्थीहरुले आफ्नो क्षमता देखाउने उद्देश्यले गाउँ घरमा फालिएका सामग्रीहरु बटुलेर यसक्षेत्रमा निर्माण गर्न सकिने परियोजनाहरुको प्रस्तुतीकरण गरेको हो । प्रस्तुतीकरणमा अन्य विद्यार्थीहरुले पनि आफ्नो कला प्रर्दशन गरेका थिए । सो प्रस्तुतीकरणमा कक्षा १० मा अध्ययनरत छात्रहरुले यसक्षेत्रमा एप्रोच पुलको आवश्यकता सहितको डेमो बनाएर प्रस्तुतीकरण गरेपछि अभिभावकहरुको ध्यान तानेको थियो । विद्यालयका छात्रहरु विवेक महतो, रविन्द्रनाथ झा, राहुल राम, सुरज साफी तथा विकास कापरले ‘रोटिँग ब्रिज’ को डेमो बनाएर यस क्षेत्रमा यो पुलको आवश्यकता र औचित्यलाई पुष्टि गरेका थिए । महोत्तरीको भंगहादेखि भारतको जयनगरसम्म जाने रेल्वे मार्गमा पर्ने पुल, पुलेसा तथा विभिन्न अवैध बाटोहरु (लेभल क्रसिँग गेट नहुनु) मा यो पुल निर्माणले सहजता आउन सक्ने विद्यार्थीहरुको भनाइ थियो ।

हाइड्रोलिक पुलको रुपमा रहेको यो पुललाई आवश्यकता अनुसार रेल्वेको लिक तथा सडक दुबै ठाउँमा राख्न सकिने डेमो बनाउनु भएका छात्र विवेक महतोले जिज्ञासा राख्नु भएका शिक्षक, अभिभावक तथा आगन्तुकहरुलाई बताउनुभयो । उहाँले यस्तो पुल बनाउन खर्चिलो देखिएपनि एउटै पुलबाट रेल्वे लाइन तथा मोटरहरु समेत चल्न सक्ने र दुर्घटना समेत न्यूनीकरण गर्न सहयोग हुने विद्यार्थीहरुको भनाइ थियो । त्यसैगरीे सो विद्यालयका कक्षा ९ र १० मा मा अध्ययनरत विद्यार्थीहरुले यस क्षेत्रमा भूकम्प प्रतिरोधी घरहरु तथा हरियालीयुक्त घरहरु निर्माणको आवश्यकतालाई महसुस गर्नुहुँदै सो को प्रोजेक्ट वर्क बनाएर प्रस्तुतीकरण गर्नुभएको थियो । रतौली युवा क्लव महोत्तरीले आयोजना गरेको समुन्नती बालबालिकाको लागि हाम्रो ए।एफ।यु।मेला २०२४ को अवसरमा सो विद्यालयका विद्यार्थीहरुले विद्यालयमा सिकेका कुराहरुलाई प्रोजेक्टको रुपमा प्रस्तुत गरेका थिए । विद्यालयका छात्राहरुले मिथिला कलाको रुपमा रहेको विभिन्न चित्रहरु बनाएर प्रर्दशनी समेत गरेका थिए । क्लवले जलेश्वर नगरपालिकाको २८ वटा विद्यालयमा यस्तो कार्यक्रम गरेर विद्यार्थीहरुमा रहेको क्षमतालाई बाहिर देखाउने मञ्च बनाउने जनाएको छ ।

विद्यालयका प्रधानाध्यापक कृष्णचन्द्र चौधरीले अतिरिक्त क्रियाक्लाप अन्तर्गत विद्यार्थीहरुले सिकेका कला र क्षमतालाई अभिभावकहरुलाई देखाउने मेलाको रुपमा आयोजना भएकोमा खुशी व्यक्त गर्नुहुँदै यस्तो मेलाले विद्यार्थीहरुलाई आफ्नो क्षमता देखाउन सहयोग पुग्ने बताउनुभयो । विद्यार्थीहरुको प्रोजेक्ट वर्क हेर्न जलेश्वर नगरपालिकाका जनप्रतिनिधिहरु, रतौली युवा क्लवका पदाधिकारीहरु, समुन्नती कार्यक्रमको स्पोन्सर कोर्डिनेटर अर्जुन थापा मगर तथा शिक्षा कोर्डिनेटर देवेन्द्र प्रसाद यादवसहित महोत्तरीका सञ्चारकर्मीहरुको उपस्थिती थियो ।

क्लवका सामाजिक परिचालक मनोज कुमार साहले विद्यालयमा उपस्थित भएका सम्पूर्ण विद्यार्थीहरुलाई कक्षा अनुसार विभिन्न प्रतियोगिताहरु आयोजना गरिनुका साथसाथै सबैलाई उपहार समेत वितरण गरिएको बताउनुभयो । उहाँले विद्यार्थीहरुलाई आफ्नो कला देखाउने माध्यम मेला भएको भएकोले विद्यार्थीहरु खुशी साथ कला प्रर्दशन गरेका थिए ।

ताजा समाचार

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

काठमाडौं । कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको छैन । पशुचौपाया दूध...

दाङमा बढ्दै डेङ्गुका बिरामी

काठमाडौं । दाङका विभिन्न स्थानमा डेङ्गुका बिरामी देखा पर्न थालेका छन् । घोराहीस्थित राप्ती स्वास्थ्य...

वार्षिक १५ जनाको कलेजो प्रत्यारोपण

काठमाडौं । नेपालमा केही वर्षअघिसम्म कल्पनामा सीमित रहेको कलेजो प्रत्यारोपण निरन्तर रूपमा हुन थालेको...

‘सहकर्मी गुमाउँदा अत्यन्त मर्माहत’

काठमाडौं । सौर्य एयरलाइन्स प्रालिले स्थापनाकालदेखि परिवारको रुपमा काम गर्दै आएका मित्र एवम् सहयोगीहरुको...