सुन्दर चौबिसे (फोटो फिचर)

Published on

काठमाडौं । धनकुटाको चौबिसे क्षेत्र आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने गरेको छ । राजारानीमा ताल सहित विभिन्न वडामा रहेको ताल, मन्दिर लगायतका पर्यटकिय स्थलले जो कोहि को मन लोभ्याउँछ ।

एक दशकअघि सम्म ताल मात्र हेर्न पाइने धनकुटाका चौबिसेमा अहिले भने धेरै गन्तव्य थपिने क्रममा छन् । पूर्वको पर्यटकीय नगरी भेडेटारबाट पूर्वमा अवस्थित चौबिसे क्षेत्र धनकुटा जिल्लाको एक महत्वपूर्ण पर्यटकीय गन्तव्य हो । रानीताल राजा पोखरी, कांगडा ताल, तालमा निर्माण गरिएको नाग देबिको मन्दिर, रानी पोखरी, नागबेली पार्क यहाँका मुख्य आकर्षण हुन् । चौबिसे गाँउपालिकाको केन्द्र राजारानी देखि ६ नम्बर बुधबारेसम्म अहिले धेरै पर्यटकिय स्थल निर्माणको क्रममा छन् ।

त्यस्तै निर्माणाधीन भेडेटार राजारानी रबिराँके सडक खण्ड निर्माणको क्रममा छ । यो सडक निर्माण भएपछि चौबिसे गाँउपालिका पर्यटकको मुख्य रोजाईमा पर्न सफल हुने गाँउपालिका अध्यक्ष राजकुमार चेम्जोङ्ग बताउनुहुन्छ । “अहिले हामी पर्यटकिय स्थलमा पूर्वाधार निर्माणको काम गरिरहेको छौं, भेडेटार राजारानी रबिराँके सडक खण्ड निर्माणको क्रममा छ यो सम्पन्न भएपछि पर्यटन वर्षको रुपमा घोषणा गरेर पर्यटक भित्राउने तयारीमा छौं,” चेम्जोङ्गले भन्नुभयो ।

लाफा गाँउ ।

रानी पोखरी ताल क्षेत्र ।

पाथीभरा मन्दिर ।

झपड तालमा निर्नमाणाधीन मन्दिर।

सुन्दर चौबिसे सुन्दर चौबिसे सुन्दर चौबिसे सुन्दर चौबिसे

ताजा समाचार

कैन्दीबन्दीलाई सिलाइकटाइ तालिम

काठमाडौँ । जिल्ला कारागारका कैदीबन्दीलाई सिलाइकटाइ तालिम दिन सुरु गरिएको छ । पर्यटन तथा...

आफ्नो वडालाई नमुना वडा बनाउन चाहन्छु

कञ्चनपुर जिल्लाको पालिकाहरु मध्ये भीमदत्त नगरपालिका भित्र पर्ने वडा नम्बर १३ यस्तो वडा हो...

आन्दोलनरत आवासीय चिकित्सक र स्वास्थ्य मन्त्रीबिच वार्ता सुरु

काठमाडौँ । निजी मेडिकल कलेजको स्नातक (पीजीमा)का आन्दोलनरत आवासीय चिकित्सक र स्वास्थ्य मन्त्रीबिच वार्ता...

आफ्नो जीवनमा स्वर्गको अनुभव गर्नुहोस् : शान्तिवक्ता रावल

काठमाडैँ । अन्तर्राष्ट्रिय शान्तिवक्ता, सुप्रसिद्ध लेखक एवम् शान्तिदूत प्रमे रावलले हामीले प्राप्त गरेको जीवन...