नगर प्रहरी मृत्यु प्रकरणमा एक पक्राउ

Published on

काठमाडौं । दार्चुलाको महाकाली नगरपालिकामा कार्यरत महिला नगर प्रहरी मृत्यु प्रकरण अनुसन्धानका लागि एक जनालाई पक्राउ गरिएको छ ।

महाकाली नगरपालिका–४ खलङ्गामा डेरा गरी बस्ने महाकालीका वडा ८ कि २२ वर्षीया रविना पल्याल गत आइतबार कोठामा झुण्डिएको अवस्थामा मृत फेला पर्नुभएको थियो । पल्याल मृत्यु प्रकरणको अनुसन्धानका क्रममा जिल्ला प्रहरी कार्यालय दार्चुलाले महाकाली नगरपालिका–८ कै रोशनसिंह धामीलाई पक्राउ गरेको छ ।

मृतक युवतीको परिवारले २९ वर्षीय रोशन धामीको नाममा किटानी जाहेरी दिएपछि प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक गोविन्द भण्डारीले जानकारी दिनुभयो । पक्राउ परेका युवक मृतक महिला नगर प्रहरीसँग नजिक रहेको र फोनमा कुराकानी हुनेगरेको भन्दै परिवारजनले प्रहरीमा किटानी जाहेरी दिएपछि उहाँलाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको उहाँले बताउनुभयो । परिवारले दिएको जाहेरी सही भएमा पक्राउ परेका धामीविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने बताइएको छ ।

ताजा समाचार

पाहुनाको पर्खाइमा मुस्ताङको स्याङगाउँ

काठमाडौं । कालीगण्डकी नदी किनारको बगरमा हराभरा स्याउ बगैँचा । डाँडामाथि माटोका छाना भएका...

आज ऋषिपञ्चमी पर्व मनाइँदै

काठमाडौं । ऋषिपञ्चमी पर्व आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...

दाहस्थानमा प्रहरीचौकी !

काठमाडौं । जनताको सुरक्षामा खटिएका प्रहरी छ महिनादेखि दाहस्थानको सत्तलमा रात बिताइरहेका छन् ।...

इन्द्रजात्रामा लाखे व्यवस्थापनको विषयमा छलफल

काठमाडौं । इन्द्रजात्रामा लाखेको जात्रा व्यवस्थित तथा मर्यादित ढङ्गले सञ्चालन गर्नको लागि शनिबार जात्रासँग...