सडकमा जमेको हिउँ पन्छाउने काम सुरु

Published on

काठमाडौं । सिमकोट–हिल्सा सडक खण्डको सिमकोट गाउँपालिका–७ को लाग्नमा जमेको हिउँ मेशिनबाट पन्छाउने काम सुरु भएको छ ।

उक्त सडक सुचारु गर्न स्थानीय प्रशासनको समन्वयमा हिल्सा सिमकोट सडक आयोजनाले हिउँ पन्छाउने कार्य सुरु गरेको हो । आयोजनाका लेखा प्रमुख विजय रोकायाले बिहीबार जेसिभी लगाएर सिमकोट–हिल्सा सडक आयोजनाको लाग्न खण्डमा जमेको हिउँ पन्छाउने काम सुरु भएको बताउनुभयो । दश दिन यता सडकमा हिउँ जमेका कारण उक्त खण्डको सडक बन्द रहेको छ । उहाँले मेशिन र प्राविधिक हिउँ जमेको स्थान लाग्नमा पुगेर हिउँ फाल्ने काम सुरु भएको बताउँदै सम्भव भएसम्म बिहीबार साँझसम्म वा नभए शुक्रबार दिउँसोसम्म सडक सफा गरिसक्ने र यातायातका साधन सुचारु हुने बताउनुभयो ।

यसबाट सिमकोट गाउँपालिका वडा–७ र ८ तथा नाम्खा गाउँपालिकाको यातायात सेवा अवरुद्ध भएको छ । करिब दुई मिटर सडकमा हिउँ जमेको छ । सडकमा डेढ फिटसम्म हिउँ जमेको छ । सो पन्छाउन आयोजनाले भाडामा जेसिवी प्रयोग गरेको र घण्टाको हिसाबमा भुक्तानी गरिनेछ ।

ताजा समाचार

इरानमा अमेरिकी आक्रमणपछि सत्ता परिवर्तनको बहस सुरु

काठमाडौं । अमेरिकाले इरानका तीन परमाणु केन्द्रमा गरेको आक्रमणपछि इरानमा सत्ता परिवर्तनको बहस सुरु...

पशुपति क्षेत्र विकास कोषका १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३३ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा पशुपति क्षेत्र...

सप्तरीका किसानको अर्गानिक आँपबाट लाखौं आम्दानी

सप्तरी — कञ्चनरूप नगरपालिका–१२, रूपनगर बस्तीपुरका किसानहरूले विषादी प्रयोग नगरी अर्गानिक आँप उत्पादन गरेर...

नारायणघाट–बुटवल सडक ६ दिनदेखि अवरुद्ध, सयौं मालवाहक सवारी बीच बाटोमै रोकिए

नवलपुर — विनयी खोलामा आएको बाढी र दाउन्नेमा चिप्लो सडकका कारण नारायणघाट–बुटवल सडकखण्ड अन्तर्गतका...