सडकमा जमेको हिउँ पन्छाउने काम सुरु

Published on

काठमाडौं । सिमकोट–हिल्सा सडक खण्डको सिमकोट गाउँपालिका–७ को लाग्नमा जमेको हिउँ मेशिनबाट पन्छाउने काम सुरु भएको छ ।

उक्त सडक सुचारु गर्न स्थानीय प्रशासनको समन्वयमा हिल्सा सिमकोट सडक आयोजनाले हिउँ पन्छाउने कार्य सुरु गरेको हो । आयोजनाका लेखा प्रमुख विजय रोकायाले बिहीबार जेसिभी लगाएर सिमकोट–हिल्सा सडक आयोजनाको लाग्न खण्डमा जमेको हिउँ पन्छाउने काम सुरु भएको बताउनुभयो । दश दिन यता सडकमा हिउँ जमेका कारण उक्त खण्डको सडक बन्द रहेको छ । उहाँले मेशिन र प्राविधिक हिउँ जमेको स्थान लाग्नमा पुगेर हिउँ फाल्ने काम सुरु भएको बताउँदै सम्भव भएसम्म बिहीबार साँझसम्म वा नभए शुक्रबार दिउँसोसम्म सडक सफा गरिसक्ने र यातायातका साधन सुचारु हुने बताउनुभयो ।

यसबाट सिमकोट गाउँपालिका वडा–७ र ८ तथा नाम्खा गाउँपालिकाको यातायात सेवा अवरुद्ध भएको छ । करिब दुई मिटर सडकमा हिउँ जमेको छ । सडकमा डेढ फिटसम्म हिउँ जमेको छ । सो पन्छाउन आयोजनाले भाडामा जेसिवी प्रयोग गरेको र घण्टाको हिसाबमा भुक्तानी गरिनेछ ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...