नेपालगञ्ज–गुलरिया सडक पेडारीमा पक्की पुल बन्ने

Published on

काठमाडौं । नेपालगञ्ज–गुलरिया सडक खण्डअन्तर्गत बाँकेको खजुरा गाउँपालिका –३ खजुरा बजारस्थित पेडारी नालामा चारलेनको पक्की पुल निर्माण हुने भएको छ ।

खजुरामा ६ बर्ष अघिदेखि चार लेन सडक निर्माण सुरु भएको भए पनि साँघुरो र जिर्ण पुल भएका कारण आवागमनमा सास्ती हुँदैआएको छ । हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगञ्जका प्रमुख लिलाबहादुर भण्डारीले नयाँ पुल निर्माणका लागि डिजाइनको काम अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । योजना प्रमुख भण्डारीले भन्नुभयो, ‘डिजाइन प्राप्त हुनासाथ ठेक्काका लागि सडक विभागमा बुझाउने तयारी छ ।’ फागुन महिनाको अन्त्यसम्म पुल निर्माणका लागि टेण्डर हुने कार्यालयले जनाएको छ ।

पेडारी नालामा नयाँ पुल २२ मिटर चौडाइ र ३३ मिटर लम्बाईको हुने प्रारम्भिक डिजाइनमा उल्लेख छ । पेडारी नालामा साँघुरो र जिर्ण पुल भएका कारण बर्षायाममा खोलामा बाढी आउँदा पटक–पटक सवारी आवागमन प्रभावित हुने गरेको छ । खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बिकले नेपालगञ्जदेखि बर्दियाको गुलरीया जोड्ने हुलाकी सडक अन्तर्गत पेडारी नालाको पुल अत्यन्त जिर्ण र होचो भएका कारण नालामा पानीको सतह बढ्नासाथ पानी सडक भएर बग्नेगरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अग्लो पुल निर्माणका लागि पटक–पटक आग्रह गर्दा पनि सुनुवाई भएको थिएन, अब पुल निर्माणका लागि प्रक्रिया अघि बढेको छ । समयमै काम होस् गाउँपालिकाका तर्फबाट आवश्यक सहजिकरण गर्नेछौं ।’

spot_img

ताजा समाचार

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...