नेपालगञ्ज–गुलरिया सडक पेडारीमा पक्की पुल बन्ने

Published on

काठमाडौं । नेपालगञ्ज–गुलरिया सडक खण्डअन्तर्गत बाँकेको खजुरा गाउँपालिका –३ खजुरा बजारस्थित पेडारी नालामा चारलेनको पक्की पुल निर्माण हुने भएको छ ।

खजुरामा ६ बर्ष अघिदेखि चार लेन सडक निर्माण सुरु भएको भए पनि साँघुरो र जिर्ण पुल भएका कारण आवागमनमा सास्ती हुँदैआएको छ । हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगञ्जका प्रमुख लिलाबहादुर भण्डारीले नयाँ पुल निर्माणका लागि डिजाइनको काम अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । योजना प्रमुख भण्डारीले भन्नुभयो, ‘डिजाइन प्राप्त हुनासाथ ठेक्काका लागि सडक विभागमा बुझाउने तयारी छ ।’ फागुन महिनाको अन्त्यसम्म पुल निर्माणका लागि टेण्डर हुने कार्यालयले जनाएको छ ।

पेडारी नालामा नयाँ पुल २२ मिटर चौडाइ र ३३ मिटर लम्बाईको हुने प्रारम्भिक डिजाइनमा उल्लेख छ । पेडारी नालामा साँघुरो र जिर्ण पुल भएका कारण बर्षायाममा खोलामा बाढी आउँदा पटक–पटक सवारी आवागमन प्रभावित हुने गरेको छ । खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बिकले नेपालगञ्जदेखि बर्दियाको गुलरीया जोड्ने हुलाकी सडक अन्तर्गत पेडारी नालाको पुल अत्यन्त जिर्ण र होचो भएका कारण नालामा पानीको सतह बढ्नासाथ पानी सडक भएर बग्नेगरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अग्लो पुल निर्माणका लागि पटक–पटक आग्रह गर्दा पनि सुनुवाई भएको थिएन, अब पुल निर्माणका लागि प्रक्रिया अघि बढेको छ । समयमै काम होस् गाउँपालिकाका तर्फबाट आवश्यक सहजिकरण गर्नेछौं ।’

ताजा समाचार

चितवन निकुञ्ज क्षेत्रमा साहसिकतामा रमाउँदै ‘नेचर गाइड’ महिला

काठमाडौँ । “अब त यस्तो लाग्न थालिसक्यो, एक दिन जङ्गल नपस्दा र जङ्गली जनावर...

राजकाँडा धुलीकोट ऐतिहासिक पर्यटकिय स्थल ओझेलमा

काठमाडौँ । कैलाली जिल्लाको मोहन्याल गाउँपालिका ७ मा एउटा ऐतिहासिक भग्नावशेष छ । जसलाई...

अव्यवस्थित सहरीकरण विश्वमै समस्याः परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले बढ्दो अव्यवस्थित सहरीकरणले विश्वमै समस्या ल्याएको र...

‘याक संरक्षणका लागि सङ्गठित प्रयास आवश्यक’

काठमाडौँ । कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले याकपालनले हिमाली समुदायको आयआर्जन, खाद्य र...