नेदरल्यान्ड्सले नेपाललाई दियो १२१ रनको मध्यम लक्ष्य

Published on

 नेदरल्यान्ड्स र नामिबियासम्मिलित त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० सिरिजको चौथो खेलमा जितका लागि नेपाललाई नेदरल्यान्ड्सले एक सय २१ रनको मध्यम लक्ष्य दिएको छ । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेदरल्यान्ड्सले टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले १९.३ ओभरमा सवै विकेटको क्षतिमा एक सय २० रन बनायो । नेदरल्यान्ड्सका लागि म्याक्स ओडोडले सर्वाधिक ३१ रन बनाउनुभयो । यस्तै टिम भानले २४, रोयलफ भानले २३ र कप्तान स्कट इडवार्डले १८ रन बनाउनुभयो । बलिङमा नेपालका प्रतिश जिसीले तीन विकेट लिनुभयो । करण केसी र कुशल मल्लले दुई दुई तथा दीपेन्द्रसिंह ऐरीले एक विकेट लिनुभयो ।  नेपाललाई फाइनल खेल्ने सम्भावना कायम राख्न आज नेदरल्यान्ड्समाथि जित निकाल्नु पर्ने बाध्यता छ । नेपालले शुक्रबार नामिबियामाथि तीन रनको रोमाञ्चक जित निकाल्दै फाइनल खेल्ने सम्भावना जीवित राखेको थियो । 

नेपाल पहिलो खेलमा नामिबियासँग २० रन र दोस्रो खेलमा नेदरल्यान्ड्ससँग दुई रनले पराजित भएको थियो । आज जित निकाल्न सके नेपालले चार अङ्क जोड्नेछ । अहिले तीन खेलबाट दुई अङ्क बनाएको नेपाल दोस्रो स्थानमा छ । नामिबियाको पनि समान खेलबाट दुई अङ्क छ ।  दुई खेलबाट चार अङ्क बनाएको नेदरल्यान्ड्स शीर्षस्थानमा छ । आइतबार नेदरल्यान्ड्स र नामिबियाको खेल हुनेछ । उक्त खेलमा नेदरल्यान्ड्स विजयी भएका नेपाल सहजै फाइनल पुग्नेछ । यदि नामिबिया विजयी भएपनि नेपालको अघिल्लो यात्रा नेट रनरेटमा भर पर्नेछ । 

ताजा समाचार

पालिका भित्रका वडाहरु मध्ये हाम्रो वडा फरक छ

स्थानीय सरकारले जनताको अपेक्षाहरु पुरा गरेको हुन्छ । सबै जनताहरु स्थानीय सरकारकै मुख ताकेर...

जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सगरमाथा संवाद महत्त्वपूर्ण

काठमाडौँ । नेकपा (एमाले) केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले सगरमाथा संवादलाई सफल बनाउने...

भारत र पाकिस्तानले एक अर्काका कुटनीतिज्ञलाई २४ घण्टाभित्र देश छोड्न आदेश

काठमाडौँ । पाकिस्तान र भारतले मङ्गलबार एक–एक जना कूटनीतिज्ञलाई आफ्नो देशबाट निष्काशन गर्ने घोषणा...

आइसिसी विश्वकप लिग–२ : नेपाली टोलीको बिदाइ

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खला खेल्न...