वडा कार्यालय भवनको शिलान्यास

Published on

काठमाडौं । गुल्मीको रेसुङ्गा नगरपालिका –३ भाडगाउँको वडा कार्यालय भवनको शिलान्यास गरिएको छ । भाडगाउँ आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवनबाट सेवाको प्रवाह गर्दै आइरहेको वडा कार्यालयको आफ्नै भवन निर्माण हुन लागेको वडा अध्यक्ष बाबुराम खत्रीले जानकारी दिनुभयो ।

नयाँ बन्न लागेको वडा कार्यालय भवनको एक औपचारिक कार्यक्रमबिच रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले शिलान्यास गर्नुभयो । त्यस अवसरमा नगरप्रमुख पन्थीले नगरपालिका सधैं नागरिकको पक्षमा रहेको बताउनुभयो । उहाँले नागरिकको हितविपरीत नगरपालिकाले कुनै पनि कार्यक्रम नगरेको बताउनुभयो । निर्माण व्यवसायीलाई गुणस्तरीयसहित समयमै वडा कार्यालय भवन निर्माण गर्न आग्रह गर्दै नयाँ भवन निर्माण सम्पन्न भएसँगै सम्पूर्ण वडाबासीले सहज रुपमा सेवा लिन पाउने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

नगरप्रमुख पन्थीले वडा कार्यालय निर्माणका लागि निःशुल्क जग्गा प्रदान गर्नुहुने समाजसेवी जग्गादाता डिलाराम मरासिनीलाई बधाईसहित धन्यवाद व्यक्त गर्नुभयो । समाजसेवी मरासिनीले वडा कार्यालय भवन निर्माणका लागि एक रोपनीभन्दा बढी जग्गा प्रदान गर्नुभएको छ । यस वडा कार्यालय भवनको निर्माणको काम असार १५ गतेभित्र इस्टिमेटअनुसार सम्पन्न गर्नेगरी जोग्मा विल्डर्ससँग सम्झौता भएको छ । एक करोड २० लाख लागतमा अपाङ्गमैत्री भवन निर्माण हुने भएको छ । १२७० स्क्वायर फिटमा भवन निर्माण हुन लागेको र पछि सभाहल समेत थप्न सकिने रेसुङ्गा नगरपालिकाका इन्जिनियर कृष्ण कोइरालाले बताउनुभयो ।

उपप्रमुख अमृतादेवी कुँवर, नेपाली कांग्रेस गुल्मीका सहसचिव धर्मराज पाण्डे, वडा सदस्य तथा कार्यपालिका सदस्य, वडाका कर्मचारी र स्थानीय राजनीतिक दलका प्रतिनिधिको सहभागिता रहेको थियो ।

spot_img

ताजा समाचार

पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृहको निर्देशन

काठमाडौं । गृह मन्त्रालयले नेपाल-चीन सम्बन्धमा नकारात्मक असर पुर्‍याउने किसिमका गतिविधिमा संलग्न दोषीमाथि छानबिन...

हावाहुरीसहितको असिनाले किसान चिन्तित, हजारौँ बिघाको बाली नष्ट

काठमाडौं । सुनसरीमा सोमबार राति आएको हावाहुरीसहितको असिनापानीले मकै, गहुँ तथा तरकारी बालीमा ठुलो...

भुजीखोला बाढीको पाँच वर्ष : पीडित अझै आवासविहीन

काठमाडौं । पश्चिम बागलुङको भुजीखोलामा भीषण बाढी आएको पाँच वर्ष बितिसक्दा पनि पीडितले आवास...

क्यान्सर परीक्षण गर्न काठमाडौँ महानगर र वीर अस्पतालबीच सहकार्य

काठमाडौं । महिलाको स्तन र पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण गराउन र प्रारम्भिक उपचारका...