स्थानीय र सशस्त्र प्रहरीबिच भएको झडपको निष्पक्ष छानबिन गर्न माग

Published on

काठमाडौं । झापाको मेचिनगरस्थित भान्सा खोलामा सशस्त्र प्रहरी र स्थानीयबिच भएको झडपलाई गम्भीरताका साथ लिएर निष्पक्ष अनुसन्धान गर्न नेपाली कांग्रेसका महामन्त्री तथा झापा क्षेत्र नं। १ का प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माले माग गर्नुभएको छ । शुक्रबार बेलुका भएको झडपममा एक सशस्त्र प्रहरी सहित ७ जना घाइते भएका थिए ।

महामन्त्री शर्माको सचिवालयकोतर्फ स्थानीय सञ्चारमाध्यम तथा सञ्चारमाध्यमहरूलाई उपलब्ध गराइएको ध्यानाकर्षण पत्रमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई यस घटनाको विषयमा छानबिन गरेर वास्तविकता बाहिर ल्याउन टेलिफोनमार्फत ध्यानाकर्षण गराएको उल्लेख छ । अधिकांश घाइतेहरूको शरीरमा धारिलो हतियार प्रयोग गरिएको छ । सशस्त्र प्रहरीले खुकुरीले आफूहरूलाई अन्धाधुन्ध हानेको घाइतेहरूले बताएका छन् । भारतबाट स्थानीय एक महिलाले विभिन्न लत्ताकपडाहरू भन्सार छलेर ल्याउँदै गर्दा सशस्त्र प्रहरीले पक्राउ गर्ने क्रममा झडप भएको थियो ।

अस्पतालमा उपचाररत सम्पूर्ण घाइतेहरूको आवश्यक सम्पूर्ण उपचार व्यवस्था मिलाउनु शर्माले माग गर्नुभएको छ । पुरै गाउँ आतङ्कित बन्नेगरी, निहत्था नागरिक गम्भीर घाइते भएर अस्पताल पुर्‍याउनु पर्ने अवस्था सिर्जना हुनेगरी घटना हुनु अत्यन्तै दुःखद भएको छ, ध्यानाकर्षण पत्रमा भनिएको छ । घटनाको ढाकछोप र अमैत्रीपूर्ण टालटुले समाधान नखोज्न पनि आग्रह गरिएको छ । सीमा क्षेत्रमा हुने बेथितिका गतिविधिलाई निरुत्साहित र नियन्त्रण गर्न सुरक्षा निकाय र सचेत स्थानीयवासीबिच समझदारीपूर्ण सहकार्य जरुरी रहेको शर्माले बताउनुभएको छ । स्थानीय सरकारको समन्वयमा समझदारी र सहकार्यको वातावरण निर्माण गर्न पनि उहाँले स्थानीय प्रशासनको समेत ध्यानाकर्षण गराउनु भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख मिलन केसीका अनुसार घटनाको विषयमा आवश्यक अनुसन्धान सुरु भइसकेको छ । सशस्त्र प्रहरीले समेत आन्तरिक रूपमा छानबिन समिति बनाएर घटनाको विषयमा छानबिन सुरु गरिसकेको जनाएको छ ।

ताजा समाचार

पालिका भित्रका वडाहरु मध्ये हाम्रो वडा फरक छ

स्थानीय सरकारले जनताको अपेक्षाहरु पुरा गरेको हुन्छ । सबै जनताहरु स्थानीय सरकारकै मुख ताकेर...

जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सगरमाथा संवाद महत्त्वपूर्ण

काठमाडौँ । नेकपा (एमाले) केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले सगरमाथा संवादलाई सफल बनाउने...

भारत र पाकिस्तानले एक अर्काका कुटनीतिज्ञलाई २४ घण्टाभित्र देश छोड्न आदेश

काठमाडौँ । पाकिस्तान र भारतले मङ्गलबार एक–एक जना कूटनीतिज्ञलाई आफ्नो देशबाट निष्काशन गर्ने घोषणा...

आइसिसी विश्वकप लिग–२ : नेपाली टोलीको बिदाइ

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खला खेल्न...