प्रहरीका लागि उत्प्रेरणा अभिवृद्धि कार्यक्रम

Published on

काठमाडौं ।सुनसरीको इनरुवामा सुरक्षामा खटिदैआएका सशस्त्र प्रहरी र नेपाल प्रहरीका लागि उत्प्रेरणा अभिवृद्धि कार्यक्रम गरिएको छ । जिल्ला सुरक्षा समिति सुनसरीको आयोजनमा उत्प्रेरणा अभिवृद्धि कार्यक्रम सम्पन्न गरिएको हो ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीका अधिकृतदेखि जुनियर कर्मचारीसम्मलाई दैनिक जीवनमा सुखी र खुसी हुँदै सेवा प्रवाह गर्न प्रेरित गर्ने उद्देश्यसाथ उत्प्रेरणा अभिवृद्धि कार्यक्रम गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी दिनुभयो । आर्चायका अनुसार जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक विपिन रेग्मी, सशस्त्र प्रहरी बल नेपाल ४ नम्बर गण हेडक्वाटर इनरुवा सशस्त्र प्रहरी उपरीक्षक समेनन्द बज्राचार्य, जिल्ला प्रहरी कार्यालय सुनसरी मातहत युनिट इन्चार्जहरू लगायत विभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरू समेत गरी १८० जनाको उपस्थिति रहेको आयोजकले जनाएको छ ।

ताजा समाचार

ब्राजिलले अमेरिकासँग व्यापार युद्ध नगर्ने

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्टिलमा २५ प्रतिशत कर लगाए पनि ब्राजिल अमेरिकासँग...

विपद् पूर्व र पश्चातको सूचना प्रणालीलाई प्रभावकारी बनाउन गृहमन्त्रीको निर्देशन

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले विपद् पूर्व सूचना र विपद् पश्चातको सूचना प्रणालीलाई प्रभावकारी...

मेडिकल कलेजमा विदेशी विद्यार्थीको सङ्ख्या बढाउन छलफल

काठमाडौँ । प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार भएको चिकित्सा शिक्षा आयोगको...

पाँच दिन व्रत बसेर धामी नाच्ने माघ पूर्णिमा

काठमाडौँ । जिल्लामै घना बस्ती रहेको ठेहे गाउँमा मानिँदै आएको माघे पूर्णिमा धामी नाचेर...