बेपत्ता बालक खोज्न सेतीको बाँध खोलिने

Published on

काठमाडौं । शुक्रबारदेखि पोखराको सेती नदीमा बेपत्ता भएका बालकको खोजीका लागि सेती बाँध खोलिने भएको छ । शुक्रबार पोखरा–११, फूलबारी बस्ने १६ वर्षीय सुगम बास्तोला पोखरा–३ को नदीपुरमा रहेको सेती नदीको पुरानो पुलबाट हाम फाली बेपत्ता रहेको कास्की प्रहरीले जनाएको छ ।

नेपाल प्रहरीको उद्धार टोलीले घटनास्थलबाट तल झरी नदीमा खोजतलास गर्दासमेत बास्तोलालाई फेला पार्न सकेको छैन । सुगमको परिवारले नदीको बाँध खोली खोजतलास गरिदिन अनुरोध गरेकाले बुधबार बिहान १० देखि २ बजेसम्म बाँध खोलिने जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक तिलक मानन्धरले जानकारी दिनुभयो । पोखरा–१६, दीपमा रहेको बाँध खोली पानीको बहाव बढेपछि खोजतलास गरिने जनाउँदै मानन्धरले नदी वरिपरि काम गर्ने तथा आवतजावत गर्नेहरूलाई सावधानी अपनाउन र सो समयमा नदी आसपास नजान आग्रह गर्नुभएको छ ।

यस्तै, दुई दिनअनि पनि कास्की प्रहरीले सेती नदीमा बेपत्ता माछा मार्न जाँदा बेपत्तालाई खोज्न बाँध खोलेको थियो ।

ताजा समाचार

नागरिकताका लागि भौँतारिँदै सोभिता जन्मदर्ता नहुँदा शिक्षाबाट वञ्चित

काठमाडौँ । सप्तरीको विष्णुपुर गाउँपालिका–४ स्थित कनकट्टा निवासी ३० वर्षीय सोभिताकुमारी सदाको राजविराज नगरपालिका–११...

नागरिकता प्रमाणपत्र नभएकाले सामाजिक सुरक्षा भत्ता पाउँदैनन् : मन्त्री सुडी

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले नागरिकता प्रमाणपत्र नभएकाहरुले सामाजिक...

धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्नु हुँदैन: लेखक

गृहमन्त्री रमेश लेखकले कुनै पनि धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्न नहुने...

भुइँचालो डाँडामा ३० फिटको बुद्धको प्रतिमा निर्माण

काठमाडौँ । बनेपा नगरपालिकाको ऐतिहासिक सहर नालास्थित भुइँचालो डाडाँमा ३० फिट अग्लो बुद्धको प्रतिमा...