लक्ष्यभन्दा ७३ प्रतिशत राजस्व सङ्कलन

Published on

काठमाडौं । आन्तरिक राजस्व कार्यालय, हेटौँडाले गत माघ मसान्तसम्ममा चालु आर्थिक वर्ष २०८०(०८१ का लागि पाएको लक्ष्यको ७३ प्रतिशतभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।

चालु आवको कुल राजस्व सङ्कलन चार अर्ब ७१ करोड ९७ लाख ८३ हजार रुपियाँ रहेकोमा कार्यालयले गत साउनदेखि माघ मसान्तसम्मको अवधिमा ७३।४९ अर्थात् तीन अर्ब ४६ करोड ८७ लाख २३ हजार रुपियाँ राजस्व सङ्कलन गरेको हो । कार्यालयको माघ महिनाको मात्र ५७ करोड ६६ लाख ८८ हजार राजस्व सङ्कलनको लक्ष्य रहेकोमा सो एक महिनामा लक्ष्यको ९३।१८ प्रतिशत अर्थात ५३ करोड ७३ लाख ६१ हजार रुपियाँ राजस्व सङ्कलन गरेको कार्यालयले जनाएकको छ । कार्यालयले गत पुस मसान्तसम्ममा दुई अर्ब ९१ करोड ११ लाख ७६ हजार रुपियाँ राजस्व सङ्कलन गरेको थियो । राजस्व कार्यालयले आयकर, घर बहाल कर, ब्याज कर, मूल्य अभिवृद्धि कर, अन्तः शुल्क र स्वास्थ्य सेवा कर शीर्षकमा राजस्व सङ्कलन गर्दै आएको छ ।

कार्यालयले गत माघ महिनामा आयकर, ब्याज कर र मूल्य अभिवृद्धि करमा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको थियो । कार्यालयले चालु आवको गत साउनदेखि माघ मसान्तसम्मको अवधिमा आयकरवापत ५६ करोड ७० लाख ८५ हजार, घर बहाल करवापत ९८ लाख २१ हजार, ब्याज कर पाँच करोड ५३ लाख, मूल्य अभिवृद्धि कर ६२ करोड ४१ लाख चार हजार, अन्तः शुल्क एक अर्ब ८८ करोड ३२ लाख ७१ हजार र स्वास्थ्य सेवा कर ३२ करोड ९१ लाख ४३ हजार रुपियाँ राजस्व सङ्कलन गरेको जनाएको छ ।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...