रामधुनीमा चिल्ड्रेन पार्क निर्माण

Published on

काठमाडौं । बालबालिकाहरुको चौतर्फी विकास गर्नका लागि सुनसरीको रामधुनी(९ मा बालमैत्री भवन तथा चिल्ड्रेन पार्क विधिपूर्वक शिलान्यास गरिएको छ । पूर्व कृषि तथा पशुपंछी विकास राज्यमन्त्री रामकुमारी चौधरीले एक कार्यक्रमका बिच पार्कको शिलान्यास गर्नुभएको हो ।

बालमैत्री पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै रामधुनीको छप्की पोखरीमा बालमैत्री भवन तथा चिल्ड्रेन पार्क निर्माण गर्न लागिएको छ । वडा नम्वर ९ कार्यालयले ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ भन्ने उद्देश्का साथ बालबालिका हरुको अधिकार संरक्षणका लागि वालमैत्री पार्क निर्माण गर्न लागेको जनाएको छ । पूर्व राज्यमन्त्री चौधरीले भवनको शिलान्यास गर्दै बालबालिकाहरुको अधिकार स्थापित गर्न निर्माण हुन लागेको पार्क नगरकै नमूना भवन तथा पार्क बन्ने विश्वास व्यक्त गर्नु भयो। उहाँले विकास निर्माणमा राजनीति गर्न नहुने धारणा ब्यक्त गर्दै पार्टीको आस्था फरक–फरक भएपनि विकास निर्माणमा एकजुट हनुपर्ने बताउनुभएको छ । संघीय सरकारको एक करोड ६४ लाख १७ हजार १४६ रुपैया बजेटबाट बन्ने पार्कको ठेक्का प्रचबी बिल्डर्स इनरुवा २ सुनसरीले ठेक्का पारेर निर्माणको सुरुगरेको वडा अध्यक्ष घनश्याम चौधरीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, २०८१ असार १० गते सम्पन्न हुने सम्झौता भएको छ ।

कार्यक्रममा पूर्व मेयर जयप्रकाश चौधरीले रामधुनी ९ वडामा बालमैत्री पार्क र पूर्वाधार विकासले नगरको बालबालिकाहरुको सर्वाङ्गिण विकासमा सहयोग पुग्ने बताउनुभयो । रामधुनी ९ ले बालमैत्री पूर्वाधार निर्माण कार्यले बालमैत्री नगर घोषणालाई कार्यान्वयवनमा सहयोग पुगेको धारणा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “वडाले बालमैत्री घोषणालाई सार्थकता बनाउन आवश्यक बालमैत्री पूर्वाधारका कार्यलाई निरन्तरता दिदा खुसी लागेको छ ।” रामकुमारी चौधरी मन्त्री रहदा रामधुनी नगर विकासमा संघिय सरकारबाट गरेको प्रयास मध्ये चिल्ड्रेन पार्क पनि रहेको पूर्व मेयर चौधरीले जानकारी दिनुभयो ।

पूर्व मन्त्री रामकुमारी चौधरीको योजना र प्रयासबाट छुट्टिएको बजेट कार्यक्रमबाटै वडा अध्यक्ष घनश्याम चौधरीले निरन्तरता दिइरहदा पूर्व मेयर चौधरीले शुभकामना व्यक्त गर्दै वडा अध्यक्ष चौधरी संघर्षसिल र जनमर्म अनुसार विकास निर्माण कार्य गरिरहेको बताउनुभयो । शिलान्यास कार्यक्रममा पूर्व संविधान सभा सदस्य सन्तोष चौधरी, अभियान्ता दिनेश चौधरी, मनोज चौधरी लगायतका स्थानीयहरुको उपस्थिति थियो ।

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...