खराब मौसमका कारण मङ्गोलियामा तीस लाखभन्दा बढी गाईबस्तुको मृत्यु

Published on

काठमाडौं । मङ्गोलियामा जुड भनिने चरम जाडो मौसमले मङ्गोलियामा यस वर्षको हालसम्म ३० लाखभन्दा बढी पशुपक्षीहरूको ज्यान लिएको राष्ट्रिय विपत् आयोग (एसईसी) ले सोमबार जनाएको छ ।

जुडका कारण मङ्गोलियामा अहिलेसम्म कम्तीमा ३० लाख ८९ हजार ४२० गाईबस्तु मरेको एसईसीले एक विज्ञप्तिमार्फत जानकारी गराएको छ । जुड गम्भीर चिसोले अधिक जाडो बढेको अवस्थामा प्रयोग गरिने मङ्गोलियाली शब्द हो । यो अवस्थामा जमिन हिउँले ढाकिएको कारण अधिक चिसो हुने र ठुलो सङ्ख्यामा गाईबस्तुहरू मर्ने गर्छन् ।

मौसम अनुगमन एजेन्सीका अनुसार मङ्गोलियामा यस वर्षको जाडोमा सामान्यभन्दा धेरै हिउँ परेको छ । मङ्गोलियाको ८० प्रतिशतभन्दा बढी क्षेत्र अहिलेसम्म १०० सेन्टिमिटर बाक्लो हिउँले ढाकिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालय अनुसार सन् २०२३ को अन्त्यमा मङ्गोलियामा पशुधनको सङ्ख्या छ करोड ४७ लाख रहेको थियो । राससरसिन्ह्वा

ताजा समाचार

परराष्ट्रमन्त्री राणा र युक्रेनका विदेशमन्त्रीबिच वार्ता, युक्रेनी सेनाको कब्जामा रहेका ७ नेपालीलाई मुक्त गर्न आग्रह

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र युक्रेनका विदेशमन्त्री एन्द्री सिबिहाबीच नयाँ दिल्लीमा...

१०औँ राष्ट्रिय खेलकुदको मस्कट ‘रेडपान्डा’

काठमाडौँ । कणाली प्रदेशमा आगामी जेठ ३ देखि १० गतेसम्म आयोजना हुने १०औँ राष्ट्रिय...

एक महिनादेखि फोहोर नउठ्दा कावासोती दुर्गन्धित

काठमाडौँ । एक महिनादेखि फोहोर नउठ्दा नवलपुर सदरमुकाम कावासोती दुर्गन्धित बन्दै गएको छ। थुप्रिएको...

परराष्ट्रमन्त्री डा. राणा र मल्दोभाका उपप्रधानमन्त्रीबिच द्विपक्षीय भेटवार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले मल्दोभाका उपप्रधान एवं विदेशमन्त्री मिहाइ पोपसोइसँग मंगलबार...