सप्तरीमा महाशिवरात्रिको तयारी तीव्र

Published on

काठमाडौं । सप्तरीको विभिन्न ठाउँका महादेव मन्दिरमा महाशिवरात्री पर्वको तयारी सुरु भएको छ । जिल्लाको महादेवा गाउँपालिका २ स्थित अंकुरी महादेव मन्दिरमा महाशिवरात्री पर्वको तयारी तिब्र रुपमा भइरहेको छ ।

यस वर्ष महाशिवरात्रीको अवसरमा हजारौं श्रद्धालु आउने अनुमानसहित आवशयक तयारी सुरु गरिएको हो । फागुन २५ गते शुक्रवारका दिन महाशिवरात्री परेको छ । मन्दिर संरक्षण तथा सम्वद्र्धन समितिका अध्यक्ष राजदेव मण्डलको अध्यक्षतामा बसेको बैठकले महाशिवरात्रीका दिन यस पटक हजारौं श्रद्धालु आउने विश्वासका साथ आवश्यक तयारी सुरु गरेको छ । महाशिवरात्रीको तयारीका लागी रंगरोगन, सरसफाई, मञ्च व्यवस्थापन, दिपोत्सव, लगायतका काम अघि बढाउन विभिन्न उपसमिति समेत गठन गरिएको अध्यक्ष मण्डलले बताउनुभयो । मन्दिरको रंगरोगन, सरसफाईका साथै भक्तजनलाई व्यवस्थित तरिकाले दर्शन गर्ने व्यवस्थाका लागि स्वयंसेवक परिचालन, जिल्ला प्रहरी कार्यालयको सहयोगमा शान्ति सुरक्षाको व्यवस्था मिलाईने तयारी भएको अध्यक्ष मण्डलले बताउनुभयो ।

मुल पुजारी गोपाल गीरीले मन्दिर परिसरमा भजन, किर्तन, दिव प्रज्वलन लगायतका धार्मिक कार्यक्रमका साथै दण्ड प्रणामको लागी बाटोमा बालुवा, पानी छड्किने लगायतका कार्यक्रमको समेत आयोजना गर्ने निर्णय गरीएको जानकारी दिनुभयो । यसैबिच हरिन्देश्वर महादेव मन्दिरको समेत रंगरोगनको काम भईरहेको मन्दिर संरक्षण तथा सम्वद्र्धन समितिका अध्यक्ष ध्रुव कुमार देवले जानकारी दिनुभयो । उहाँका अनुसार भक्तजनलाई व्यवस्थित तरिकाले दर्शन गर्ने ब्यवस्थाका लागी स्वयंसेवकका साथै जिल्ला प्रहरी कार्यालयको सहयोगमा शान्ति सुरक्षाको व्यवस्था मिलाईएको जानकारी दिनुभयो। उहाँले यस मन्दिरमा महाशिवरात्रीका दिन भजन, किर्तन, अष्टयाम लगायतका धार्मिक कार्यक्रमका साथै १ लाख २५ हजार दीपप्रज्जवलन लगायतको कार्यक्रमको आयोजना समेत गर्ने जानकारी सञ्चारकर्मीलाई दिनुभयो ।

यस्तै, सप्तरीस्थित भजनेश्वरनाथ, ढाडाको शिव मन्दिर, शम्भुनाथ, लालेश्वरनाथ, डाक्नेश्वरी लगायतका शिवालयहरुमा पनि महाशिवरात्रीमा पुजा धुमधामकासाथ आयोजना गर्ने तयारी सुरु गरिएको सम्बद्ध मन्दिर समितीहरुले बताएको छ ।

ताजा समाचार

पालिका भित्रका वडाहरु मध्ये हाम्रो वडा फरक छ

स्थानीय सरकारले जनताको अपेक्षाहरु पुरा गरेको हुन्छ । सबै जनताहरु स्थानीय सरकारकै मुख ताकेर...

जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सगरमाथा संवाद महत्त्वपूर्ण

काठमाडौँ । नेकपा (एमाले) केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले सगरमाथा संवादलाई सफल बनाउने...

भारत र पाकिस्तानले एक अर्काका कुटनीतिज्ञलाई २४ घण्टाभित्र देश छोड्न आदेश

काठमाडौँ । पाकिस्तान र भारतले मङ्गलबार एक–एक जना कूटनीतिज्ञलाई आफ्नो देशबाट निष्काशन गर्ने घोषणा...

आइसिसी विश्वकप लिग–२ : नेपाली टोलीको बिदाइ

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खला खेल्न...