राष्ट्रिय ह्वीलचियर बास्केटबल च्याम्पियनसिप एपिएफ र सुदूरपश्चिमले जिते

Published on

काठमाडौं । विकास शिल्ड राष्ट्रिय ह्वीलचियर बास्केटबल च्याम्पियनसिप नेपाल २०८० को उपाधि पुरुषतर्फ सशस्त्र प्रहरी बल एपीएफ र महिलातर्फ सुदूरपश्चिम प्रदेशले हात पारेका छन् ।

सुन्दर ढोका साथी सेवाको मुख्य प्रायोजनमा भएको प्रतियोगिताको फाइनलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई २९–२८ अङ्कले पराजित गर्दै उपाधि उचालेको हो । त्यस्तै त्रिभुवन आर्मी क्लबले उपविजेतामा चित्त बुझाएको छ । त्यस्तै बागमतीले लुम्बिनीलाई २७–६ अङ्कले पराजित गर्दै तेस्रो स्थान पक्का गरेको छ । त्यसैगरी महिलातर्फ प्रतियोगिताको फाइनलमा सुदूरपश्चिम प्रदेशले लुम्बिनी प्रदेशलाई ८–४ अङ्कले पराजित गर्दै उपाधि उचालेको हो । त्यस्तै लुम्बिनी उपविजेता बनेको छ । साथै कोशीले प्रदेशले बागमती प्रदेशलाई १६–४ को फराकिलो अन्तरले हराउँदै तेस्रो स्थान पक्का गर्न सफल भएको हो ।

उपाधिसँगै पुरुष र महिलातर्फका विजेता टिमले क्रमशः प्रथम, द्वितीय र तृतीय हुने टोलीले ५०, ४० र ३० हजार नगदसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गरे भने, प्रतियोगितामा उत्कृष्ट खेलाडी र (हाई स्कोरर)लाई नगद रु। ५ हजारसहित ट्रफी प्राप्त गरेका छन् । साथै, अन्य सहभागी टिमले सान्त्वना पुरस्कारसहित सहभागिताको प्रमाणपत्र प्राप्त गरेका हुन् । प्रतियोगितामा विभागीय टिम त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको टिमसहित सातै प्रदेशबाट पुरुष ९ टिम र महिला टिम ६ गरी १५ टिमको सहभागिता थियो ।

ताजा समाचार

मुस्ताङको थासाङबाट देखिएको धौलागिरि

काठमाडौँ । मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित बोक्सी खोला बजार, सेताम्मे धौलागिरि हिमाल पृष्ठभूमि आसपासका...

ट्रकभित्र च्यापिएर मजदूरको मृत्यु

काठमाडौँ । रुकुमपश्चिमको चौरजहारीमा ट्रकभित्रै च्यापिएर एक मजदूरको मृत्यु भएको छ । शुक्रबार दिउँसो...

गोरखापत्र संस्थानको बोर्ड सदस्यमा पोखरेल र चौधरी नियुक्त

काठमाडौँ । गोरखापत्र संस्थान सञ्चालक समिति सदस्य (बोर्ड सदस्य) मा दुई जना नियुक्त हुनुभएको...

ढल्केबर-बारा प्रसारण लाइन निर्माण सम्पन्न

काठमाडौँ । देशभित्रको विद्युत् प्रसारण प्रणाली सुदृढीकरण तथा विश्वसनीय बनाउन र नेपाल-भारतबिचको विद्युत् व्यापार...