प्रमुख निर्वाचन आयुक्त भेटवार्ता

Published on

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र ‘युनाइटेड नेसन वुमन’का देशीय प्रतिनिधि पत्रिसिया फेरनान्डेजबिच आयोगको कार्यालयमा भेटवार्ता भएको छ ।

सो अवसरमा प्रमुख आयुक्त थपलियाले नेपालको विकासका प्रयासमा ‘युएन वुमन’ले गरेका विभिन्न प्रयासको चर्चा गर्दै हाल लैङ्गिक समावेशीकरणका क्षेत्रमा सरकारका विभिन्न निकायसँग भएका सहकार्यकाबारेमा जानकारी गराउनुभयो । उहाँले लैङ्गिक तथा समावेशी नीतिको मूल्याङ्कन, चौथो रणनीतिपत्र तयारीका साथै सोको कार्यान्वयनमा युएन वुमनमार्फत सहकार्य गर्न आह्वान गर्नुभयो । देशीय प्रतिनिधि पत्रिसियाले नेपालको लैङ्गिक तथा समावेशीकरणको सफलता उदाहरणीय रहेको उल्लेख गर्दै राजनीतिक क्षेत्रमा महिलाको गुणस्तरीय सहभागिता वृद्धिका लागि थप नीतिगत व्यवस्था गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले आयोगले अवलम्बन गरेका लैङ्गिक समावेशीकरणका प्रयासमा हरसम्भव सहयोग गर्ने विश्वास दिलाउनुभयो । भेटवार्तामा निर्वाचन आयुक्त डा।जानकीकुमारी तुलाधर, सहसचिव रमेश ढकाल र उपसचिव डा।थानेश्वर भुसाललगायतको उपस्थिति रहेको आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेयले जानकारी दिनुभयो । रासस

ताजा समाचार

नाइजेरियाका राष्ट्रपति द्वारा मन्त्री मण्डल हेरफेर

काठमाण्डौँ । नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले मन्त्री परिषद् पुनः गठन गर्दै पाँच जना मन्त्रीलाई...

युक्रेनमा पुनः रुसी आक्रमण, पाँच जनाको मृत्यु

काठमाण्डौँ । युक्रेनमा शनिबार भएको रुसी क्षेप्यास्त्र आक्रमणमा पाँच जनाको मृत्यु भएको अधिकारीहरूले बताएका...

नवलपुरमा एक जनाको हत्या

काठमाण्डौँ । धारिलो हतियार प्रहार गरी नवलपुरमा एक जनाको हत्या गरिएको छ । सोही...

बङ्गलादेशद्वारा पूर्वप्रधानमन्त्री शेख हसिना पार्टीको विद्यार्थी सङ्गठन प्रतिबन्धित

काठमाण्डौँ । जुलाई–अगस्ट विद्रोहको नेतृत्व गर्ने विद्यार्थी समूहको मागपछि पूर्व प्रधानमन्त्री शेख हसिनाको पार्टी...