खोले साग बिक्रीबाट मनग्य आम्दानी

Published on

काठमाडौं । नवलपुर जिल्लाको सिमसार क्षेत्रमा पाइने पालुङ्गे ९खोले० सागको माग बढ्दो छ । गर्मी मौसममा अन्य सागको उत्पादन कम हुने भएकाले पनि खोले सागको माग बढ्दो छ।

छिपछपे पानी बग्ने खोलामा यो साग मौलाउने भएकाले यसलाई खोले साग भनिन्छ । कावासोती ७ सिमसार क्षेत्रमा व्यावसायिक रूपमा पालुङ्ग (खोले) सागको खेती गरेर किसानहरूले राम्रो आम्दानी गरिरहेका छन् । खेत, खोला र सिमसार क्षेत्रमा पाइने खोले साग अहिले जिल्लाभित्र मात्र नभई बाहिरी जिल्लामा समेत ग्राहकको रोजाई बन्ने गरेको छ । कतिपय ठाउँमा यसलाई सीम साग र पालुङ्गे साग भन्ने गर्छन् । कावासोती नगरपालिका–७ का लक्ष्मी महतोको दम्पतीले पालुङ्गे ९खोले० सागखेती गरेर मनग्य आम्दानी गर्न सफल हुनुभएको छ । विगत दुई वर्षदेखि व्यावसायिक रूपमा पालुङ्गे सागखेती गर्दै आउनुभएको महतो दम्पतीले वार्षिक रु तीन लाख भन्दा बढी आम्दानी गर्नुभएको छ ।

सात कट्ठा क्षेत्रफलमा लगाइएको पालुङ्गे सागले मङ्सिरदेखि चैतसम्म राम्रो आम्दानी दिने किसान लक्ष्मीले बताउनुभयो । केही वर्षअघिसम्म चैतेधान लगाउने गरेकामा विगत दुई वर्षदेखि पालुङ्गे साग लगाउन थालेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “पश्चिमको सुनवल, बुटवलदेखि पूर्वमा नारायणगढ सम्म पालुङ्गे (खोल) सागले बजार पाएको छ । चैते धानभन्दा यो साग खेतीले जीविकोपार्जनमा राहत पुर्‍याएको छ । ” मङ्सिरमा लगाएको पालुङ्गे साग चैतसम्म उत्पादन हुन्छ । खोलामा खेर गएको पालुङ्गे सागलाई पहिलोपटक दुई वर्षअघि बिक्रीका लागि बजार लैजाँदा ग्राहकाले मन पराएपछि यसैलाई व्यावसायिक खेती गरेको उहाँले जानकारी दिनुभयो । महतो दम्पतीले साग बिक्री गरेर याम अनुसार तीन महिनामा नै रु तीन लाखसम्म आम्दानी गर्न सफल हुनुभएको छ । माघमा मात्र पहिलो लट काटिएको सागबाट रु ८० हजारभन्दा धेरै आम्दानी गरिसकेको लक्ष्मीले बताउनुभयो ।

गर्मी मौसममा अन्य साग उत्पादन कमै हुने भएकाले पनि पालुङ्गे सागको माग अझ बढ्ने गरेको छ । एकपटक काटिसकेपछि पनि निरन्तर उम्रिने भएकाले लगानी र मेहनत कम पर्ने भएकाले किसानले यसबाट राम्रो फाइदा लिन थालेका हुन् । एकपटक काटिसकेपछि पनि निरन्तर उम्रिने सागको माग गर्मी मौसममा अझै धेरे हुने किसान लीला चौधरीले बताउनुभयो । पछिल्लो समय जिल्लाको सदरमुकाम कावासोती बजार लगायतका स्थानमा पालुङ्गे सागको राम्रो कारोबार हुने गरेको छ । यस वर्ष स्थानीय किसानले जिल्लाबाहिर बुटवल, नारायणगढलगायतका बजारमा समेत यो सागको राम्रो निर्यात गरेको बताएका छन् ।

ताजा समाचार

मुस्ताङको थासाङबाट देखिएको धौलागिरि

काठमाडौँ । मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित बोक्सी खोला बजार, सेताम्मे धौलागिरि हिमाल पृष्ठभूमि आसपासका...

ट्रकभित्र च्यापिएर मजदूरको मृत्यु

काठमाडौँ । रुकुमपश्चिमको चौरजहारीमा ट्रकभित्रै च्यापिएर एक मजदूरको मृत्यु भएको छ । शुक्रबार दिउँसो...

गोरखापत्र संस्थानको बोर्ड सदस्यमा पोखरेल र चौधरी नियुक्त

काठमाडौँ । गोरखापत्र संस्थान सञ्चालक समिति सदस्य (बोर्ड सदस्य) मा दुई जना नियुक्त हुनुभएको...

ढल्केबर-बारा प्रसारण लाइन निर्माण सम्पन्न

काठमाडौँ । देशभित्रको विद्युत् प्रसारण प्रणाली सुदृढीकरण तथा विश्वसनीय बनाउन र नेपाल-भारतबिचको विद्युत् व्यापार...