महिला एसिया कप : बलियो प्रतिद्वन्द्वी भारतसँग प्रतिस्पर्धा गर्दै नेपाल

Published on

काठमाडौं । महिला एसिया कप क्रिकेटमा मङ्गलबार साँझ नेपालले बलियो प्रतिद्वन्द्वी भारतसँग प्रतिस्पर्धा गर्दैछ। समूह ‘ए’को समूह चरणको अन्तिम खेलमा नेपाल र भारतको प्रतिस्पर्धा हुन लागेको हो। दुई खेल खेलेको नेपाल एक जित र एक हारसहित तेस्रो स्थानमा छ। दुवै खेलमा जित निकालेको भारत चार अङ्कसहित शीर्ष स्थानमा छ। समान अङ्क भएको पाकिस्तान रनरेटका आधारमा दोस्रो स्थानमा छ। पहिलो खेलमा यूएईमाथि ६ विकेटको जित निकाल्दै विजयी सुरुवात गरेको नेपाल दोस्रो खेलमा पाकिस्तानसँग ९ विकेटले पराजित भएको थियो। अघिल्लो चरण प्रवेशका लागि नेपालले भारतमाथि जित निकाल्नैपर्ने दबाब छ। पाकिस्तान यूएईसँग पराजित भएर नेपाल भारतसँग विजयी भए सेमिफाइनल प्रवेश गर्नेछ। पाकिस्तान र यूएईको खेल जारी छ। नेपाल र भारतको खेल मङ्गलबार साँझ ७ः१५ बजे श्रीलङ्काको डम्बुला मैदानमा हुनेछ।

पहिलो खेलमा यूएईमाथि विजयी भएपछि नेपाली टिम । तस्बिरः क्यान

दुई समूहमा विभाजन गरिएको प्रतियोगितामा आठ टोली सहभागी छन्। समूह चरणमा हुने १२ खेलबाट उत्कृष्ट दुईदुई देश सेमिफाइनल पुग्नेछन्। सेमिफाइनलमा विजयी दुई टोलीबिच फाइनल भिडन्त साउन १३ गते हुनेछ। समूह ‘ए’मा नेपाल, भारत, पाकिस्तान र यूएई छन् भने समूह ‘बी’ मा श्रीलङ्का, बङ्गलादेश, मलेसिया र थाइल्यान्ड छन्। समूह ‘बी’को श्रीलङ्का चार अङ्कसहित शीर्ष स्थानमा छ। थाइल्याण्ड र बङ्गलादेश समान दुई अङ्कसहित दोस्रो र तेस्रो स्थानमा छन्। यो समूहको मलेसिया अङ्कविहीन छ। इन्दु बर्माको कप्तानीमा रहेको नेपाली महिला एसिया कप टोलीमा पूर्व कप्तान रुविना क्षेत्री, सीता रानामगर, बिन्दू रावल, कविता कुँवर, पूजा महतो, कविता जोशी, सम्झना खड्का, काजोल श्रेष्ठ, सबनम राई, राजमती ऐरी, ममता चौधरी, कृतिका मरासिनी, रोमा थापा र डली भट्ट छन्।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...