घटालथान निर्माण कार्य अधुरै

Published on

काठमाडौं । नयाँ शैलीमा निर्माण गरिएसँगै स्वरूप परिवर्तन हुँदै गएको प्रसिद्ध धार्मिक पीठ घटालथानको भौतिक पूर्वाधार निर्माणको काम अधुरै रहेको छ । सदरमुकाम अमरगढी नगरपालिका–३, गैरीडोटीमा अवस्थित घटालथानमा भौतिक पूर्वाधारका संरचना निर्माण हुन थालेपछि स्वरूप परिवर्तन हुन थालेको थियो ।

बजेट अभावमा यस वर्षदेखि भने भौतिक पूर्वाधार निर्माको काम रोकिएको छ । डोटी खोलामा रहेको घटालथानको घटोत्चक बाबाको मूर्ति परिसरमा पर्खाल, थानको निर्माण, प्रदेशद्वार, खोला किनारमा प्याराफिट, खोलामा आउजाउ गर्न पुल र सिँढी बाटो निर्माण गरिएको छ । त्यस्तै तलाउ निर्माणका लागि ड्याम, शवदाह स्थल, पिसिसी बाटो निर्माण गरिएको छ । नयाँ संरचना निर्माण कार्यले घटालथानको स्वरूप नै परिवर्तन भएको छ । बजेटको अभावमा पूर्ण रूपमा काम नहुँदा योजना अधुरो रहन पुगेको बताइएको छ । गत वर्षसम्म घटालथानमा अढाई करोड रुपियाँ बजेटमा भौतिक पूर्वाधारका संरचना निर्माण गरिएका थिए । एक करोड ४२ लाख रुपियाँको ठेक्का सम्झौता र बाँकी उपभोक्ता समितिमार्फत भौतिक पूर्वाधार निर्माणको काम भएको अमरगढी नगरपालिकाका प्रमुख डिल्लीराज जोशीले जानकारी दिनुभयो ।

ठेक्का सम्झौतामार्फत पहिलो पटक आर्थिक वर्ष २०७५र७६ मा एक करोड ४२ लाख रुपियाँ बराबरको काम गरिएको उहाँले बताउनुभयो । गत वर्ष दुई करोड चार लाख रुपियाँको लागतमा ठेक्का सम्झौतामार्फत भौतिक पूर्वाधार निर्माणको काम गरिएको छ । असारमा निर्माणको काम पूरा गर्ने गरी माया निर्माण सेवाले ड्याम र प्यारापिट निर्माण गर्ने काम गरेको छ । उहाँका अनुसार विश्व बैङ्क सहरी पूर्वाधार विकास कार्यक्रम अन्तर्गतको रकमले घटालथानमा भौतिक पूर्वाधारको काम भएको थियो । तर सो बजेटले योजना अनुसार काम पूर्ण रूपमा हुन सकेको छैन । डोटी खोलामा ड्याम लगाई कृत्रिम ताल बनाएर डुङ्गा सयर गर्ने योजना बनाइएको थियो । उहाँले भन्नुभयो, “केही ठाउँमा वाटर फाउन्टेन बनाई मनमोहक घटाल बनाउने योजना अनुसार पूर्वाधार निर्माणको काम अघि बढाइएको थियो ।”

अधुरा रहेका काम पूरा गर्न सम्बन्धित मन्त्रालयसँग बजेटको माग भइरहेको नगर प्रमुख जोशीले बताउनुभयो । घटालथान मात्रै नभई अमरगढी नगरमा अघि सारेका योजनामा बजेट हाल्न दैनिक जसो मन्त्रालय धाइरहेको उहाँले बताउनुभयो ।

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...