फुङ्लिङमा उपमेयर कप महिला फुटबल आजदेखि

Published on

काठमाडौं । ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा शुक्रवार आजदेखि दोस्रो उपमेयर कप महिला फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर अन्तरपालिकास्तरीय महिला फुटबल प्रतियोगिता आयोजना गरिएको हो ।

सदरमुकाम फुङ्लिङस्थित भानुजन माध्यमिक विद्यालयको खेलमैदानमा दिउँसो १ बजेदेखि प्रतियोगिता सुरु हुने छ । आयोजक फुङ्लिङ नगरपालिकाले बिहीबार सार्वजनिक गरेको उपमेयर रनिङ कप महिला फुटबल प्रतियोगिताको खेल तालिकाअनुसार उद्घाटन अर्थात् पहिलो खेल आयोजक फुङ्लिङ नगरपालिका र सिदिङ्वा गाउँपालिकाबिच हुनेछ । यस्तै दोस्रो खेल शनिवार बिहान मेरिङ्देन गाउँपालिका र फक्ताङ्लुङ गाउँपालिकाबिच हुनेछ । शनिवार नै तेस्रो खेल पाथीभरा याङ्वरक र मिक्वाखोला गाउँपालिका तथा चौंथो खेल आठराई त्रिवेणी र सिरिजङ्घा गाउँपालिकाबिच हुने भएको छ ।

सेमिफाइनल चरणका खेलहरू भने आइतबार बिहान ११ बजे र दिउँसो २ बजे सञ्चालन हुने आयोजकले जानकारी दिएको छ । फागुन २८ गते सोमबार फाइनल खेलसँगै प्रतियोगिता सम्पन्न हुनेछ । जिल्लाका नौ स्थानीय तहमध्ये मैवाखोलाबाहेक प्रतियोगितामा आठ स्थानीय तहको सहभागिता रहने भएको छ । यता प्रतियोगिताका विजेताले ट्रफीसहित एक लाख ११ हजार १०० रुपियाँ र उपविजेताले ५५ हजार ५०० रुपियाँ राशिको नगद पुरस्कार पाउनेछन् । त्यस्तै सेमिफाइनल पुग्ने दुई टोलीले पनि समान नौ–नौ हजार रुपियाँ प्रोत्साहन रकम पाउने खेल संयोजक एवम् फुङ्लिङ नगरपालिका–८ का वडाध्यक्ष क्षितिज सुनुवारले जानकारी दिनुभयो ।

दोखुस्थित फुङ्लिङ नगरपालिकाको कार्यालय । तस्बिर चन्द्र पन्दाक

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...