डेङ्गु विरुद्धको सचेतना अभियान सुरु

Published on

काठमाडौं । तनहुँको आँबुखैरेनी गाउँपालिकाले डेङ्गु रोग रोकथाम र नियन्त्रणका लागि सचेतनामूलक र प्रचारात्मक अभियान सुरु गरेको छ । पछिल्लो समय मुलुकका मुख्य सहरहरूमा लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गु रोग तीव्र गतिमा फैलिएकाले रोकथामका लागि लामखुट्टेको वासस्थान खोजी तथा नष्ट गर्ने अभियान सुरु गरिएको हो ।

विगत लामो समयदेखि आँबुखैरेनी लगायत आसपासका सहर बजारका विभिन्न क्षेत्रहरुमा शिघ्र रुपमा डेङ्गु ज्वरोको सङ्क्रमण फैलिएकोले सचेतना जगाउन अभियान सञ्चालन गरिएको आँबुखैरेनी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अगमराज उपाध्यायले बताउनुभयो । उपाध्यायलले भन्नुभयो, डेङ्गु ज्वरो प्रभावित प्रमुख क्षेत्रहरुमध्ये हाम्रो गाउँपालिका जोडिएर आएको र यस रोगको सङ्क्रमणबाट अकल्पनिय रुपमा जनधनको क्षति पुगेकोले वर्षात सुरु हुने समय प्रारम्भ हुन लागेको अभियान चलाएको उहाँले बताउनुभयो । समयमानै सजगता अपनाउनु पर्ने भएकोले डेङ्गु ज्वरो लाग्न नदिन पूर्व तयारी रोकथाम तथा लामखुट्टे नियन्त्रणका प्रभावकारी काम समयमा सञ्चालन सबै वडालाई पत्रचार गरिएको उहाँले बताउनुभयो ।

लामखुट्टेको टोकाइबाट सर्ने भएकाले त्यसको वासस्थान खोजी गरि फुल पार्ने ठाउँ र लार्भा नष्ट गर्न “खोज र नष्ट’’ अभियान गरिएको उपाध्यायले बताउनुभयो । लामखुट्टेको सम्भावित वासस्थानको पहिचान गरी नष्ट गर्ने अभियानमा साथ दिन आम सरोकारवालाहरूलाई पालिकाले आईतबार विज्ञप्तीमार्फत् आह्वान समेत गरेको छ । अभियानको क्रममा आ–आफ्नो घर वरपर सरसफाई गरि पानी जम्ने खाडलहरु पुर्ने र टिनका डब्बाहरु, थोत्रा टायरहरु, गमला, फुलदानी, वाल्टीमा पानी जम्न नदिने कार्यक्रम सञ्चालन गर्न पालिको आग्रह गरेको छ । विहान र साँझपख यो रोगको लामखुट्टे बढी सक्रिय हुने र टोक्ने हुँदा सकेसम्म घर बाहिर खेतवारी, हाँस, संगुर, बङगुर फार्ममा ननिस्किने, सावधानी पूर्वक दैनिक सरसफाई गर्ने, खेतको पानी, नालीमा जमेको पानिमा लामखुट्टेले फुल पारेर आफ्नो संख्या वृद्धि गर्ने हुँदा त्यस्ता स्थानहरुमा “खोज र नष्ट गर’’ अभियान सञ्चालन गर्ने आग्रह गरिएको छ ।

घरको झ्याल, ढोकामा जाली लगाउने तथा सुत्दा सँधै झुलको प्रयोग गर्ने, विहान र साँझमा घर वाहिर निस्कन परेमा पुरै शरिर ढाक्ने कपडा लगाई लामखुट्टेको टोकाईबाट बच्न आग्रह गरिएको छ । एक्कासी उच्च ज्वरो आउने, टाउको दुख्ने, शरिर दुख्ने, वाकवाकी साथै वान्ता हुने, पखाला लाग्ने, हिँड्न र बोल्न नसक्ने र श्वास फेर्न गाह्रो हुने, अचेत हुने आदि भएमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गरिएको छ ।

spot_img

ताजा समाचार

एनपिएल : जनकपुरले टस जित्यो, कर्णाली ब्याटिङ गर्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा अहिले कर्णाली याक्स...

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबिच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले भेटवार्ता गर्नुभएको छ । सिंहदरबारस्थित...

ट्याक्सी दुर्घटनामा चालकको मृत्यु

काठमाडौं । म्याग्दीमा ट्याक्सी दुर्घटना हुँदा चालकको ज्यान गएको छ । जिल्लाको बेनी–दरबाङ सडकअन्तर्गत...

धरान–१३ मा पिकअप दुर्घटना: एक युवकको मृत्यु, ११ जना घाइते

काठमाडौं । धरान उपमहानगरपालिका–१३ स्थित गोर्खा वेल्फेयर मोड नजिक शनिबार राति भएको पिकअप दुर्घटनामा...