एउटै ठाउँबाट तीन कार्यालयको सेवा

Published on

काठमाडौं । जाजरकोटमा तीन वटा सरकारी कार्यालयले एउटै भवनबाट सेवा प्रवाह गरेका छन् । कात्तिक १७ को जाजरकोट भूकम्पले भाडामा बस्दै आएको घर भत्किएपछि नापी कार्यालय, मालपोत कार्यालयले भेरी नगरपालिका–४, बोहरागाउँस्थित शिक्षा विकास तथा समन्वय एकाइको भवनबाट सेवा दिइरहेका छन् ।

जुनीचाँदे गाउँपालिका–२ का भीमप्रसाद न्यौपानेले एउटै भवनबाट तीन वटा कार्यालयले सेवा प्रवाह गरेपछि सेवाग्राहीलाई समस्या हुने गरेको बताउनुभयो । उहाँका अनुसार गर्मी समय सुरु हुन थालेकाले बाहिर बस्न सक्ने अवस्था छैन । फराकिलो ठाउँ नभएपछि झ्यालबाट फाँटवाला कर्मचारीलाई सोध्नु पर्छ । शिक्षा विकास तथा समन्य एकाइ जाजरकोटका प्रमुख रमेश मल्लका अनुसार तीन वटा कार्यालयले एउटै भवनबाट सेवा दिने भएकाले कुन कार्यालयमा सेवा लिन सेवाग्राही आएका हुन् भन्ने थाहा नपाउने र सेवाग्राहीसमेत अलमलमा पर्ने बताउनुभयो ।

मालपोत कार्यालयका प्रमुख डिल्ली केसीका अनुसार भूकम्पअघि छ वटा कोठाबाट सेवा प्रवाह गरेको कार्यालयले भूकम्पपछि दुई वटा कोठाबाट सेवा दिँदै आएको छ । स्रेस्ता, मोठलगायत जनताका महत्वपूर्ण कागजात एउटा कोठामा थन्क्याइएको छ । अहिले दुई वटा कोठाबाट सेवा प्रवाह गरिँदै आएको छ । सरकारी कार्यालयका लागि पर्याप्त कोठा नभएपछि कठिन अवस्थामा जनताले मालपोत कार्यालयबाट पाउने सेवा पाएका छन् । सेवाग्राहीले सेवा लिन आएपछि खुला स्थानमा बस्नु परेको छ । भूकम्पअघि भाडाको घरबाट पाँच वटा कोठाबाट सेवा प्रवाह गरेको नापी कार्यालय भूकम्पपछि शिक्षा विकास तथा समन्वय एकाइ कार्यालयका दुई वटा कोठाबाट सेवा प्रवाह गर्दै आएको छ । तीन वटा सरकारी कार्यालयले एउटै भवनबाट सेवा प्रवाह गर्दा कार्यालयलाई मात्र नभई सेवाग्राहीलाई समेत असहज भएको शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख मल्लले बताउनुभयो ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...