खेतमै उखु सुक्न थालेपछि किसान चिन्तित

Published on

काठमाडौं । नगदे बालीको रूपमा लगाउँदै आएको उखु बाली कहिले उधारो त कहिले समयमा क्रसिङ्गका लागि सुगर मिलले पुर्जी नदिँदा किसान मारमा परेका छन् । यसपालि समयमा इस्ट्रन सुगर मिल अमाहिबेलाहा सुनसरीले क्रसिङ्गका लागि पुर्जी नदिँदा धेरै किसानको उखु खेतमै सुक्न थालेको गुनासो बाहिर आएको छ ।

गढी गाउँपालिका ३ का किसान सूर्यनारायण उराँवले समयमा मिलले क्रसिङ्गको पुर्जी नदिएकाले माघमै काट्नुपर्ने उखु फागुन लाग्दा समेत नकाटेकाले खेतमै सुक्न थालेपछि समस्या भएको गुनासो सुनाउनुभयो । उराँवले आफू सहित सुनसरी र मोरङका उखुका किसान चिन्तित बनेको सुनाउनुभयो । उराँवका अनुसार प्रति कट्ठा ५ देखि ८ क्विन्टल सम्म उखु उत्पादन भइरहेको छ । गर्मी आएपछि सुक्ने र त्यो तौल घट्ने भएकाले किसान चिन्तित बनेको बताउनुभयो । मोरङको विराटनगरका किसान हरिशंकर मण्डलले समेत समयमा मिलले क्रसिङ्गको पुर्जी नदिएकाले माघको अन्तिममै काट्नुपर्ने उखु अझै खेतमै रहेको र सुक्न थालेको गुनासो गर्नुभयो । सुनसरीको गढी, बर्जू, हरिनगर, कोशी गाउँपालिका र मोरङको विराटनगर, जहदा, टंकीसिनुवारी सहितका किसानले लगाएको उखु खेतमै सुक्न थालेपछि उखु किसान लगानी डुब्ने डरले चिन्तित बनेका छन् । बर्जू गाउँपालिका–५ अमाहिबेलाहास्थित इस्ट्रन सुगर मिल प्रालिले समयमा उखु सहज रूपमा खरिद नगर्दा किसान समस्यामा परेका हुन् ।

कोशी प्रदेशको एक मात्रै सुगर मिल इस्ट्रन सुगर मिल अमाहिबेलाहाले समयमा क्रसिङ्ग सुरु नगरेको र उखुको क्षेत्रफल बढेकाले हजारौँ किसान समस्यामा परेको अर्का किसान रामविलास मेहताले गुनासो गर्नुभयो । मिलले समयमा नै उखु खरिद गरी क्रसिङ गर्ने प्रतिबद्धता जनाएको भएपनि प्रतिबद्धता विपरीत उखु किसानलाई समयमै चलान नदिएर समस्यामा पारेका किसानको भनाइ छ । यसले किसानको नगदे बालीका रूपमा रहेको उखुको लगानी डुब्ने चिन्ताले उखु किसानलाई सताएको मेहताको भनाइ छ । हरिनगर गाउँपालिकाका कृषि प्राविधिक भुवनेश्वर यादवले उखुको क्रसिङ्गको समय मङ्सिर पुसबाट किसानसँग चिनी मिलले किसानको उखु खरिद गर्नुपर्नेमा ढिलो उखु खरिद गर्नेगरी किसानालई चलान दिएकाले केही समस्या देखिएको प्रतिक्रिया दिनुभयो । समयमा चलान नदिँदा किसानको सयौँ हेक्टरमा लगाइएको उखु सुक्ने अवस्थामा पुगेको गुनासो आफूहरू कहाँ आएको यादवले बताउनुभयो । सरकारले चालु आर्थिक वर्षका लागि उखुको मूल्य ६ सय ३५ रुपियाँ प्रति क्विन्टल निर्धारण गरेको छ । किसानले सोही मूल्यमा विक्री गर्दै आएकोमा मिलले पाँच सय ६५ र सरकारले ७० रुपियाँ अनुदान उपलब्ध गराउँदै आएको किसानको भनाइ छ । उता चिनी मिलका उखु प्रबन्धक पवन झाले किसानको खेतमा बाँकी रहेको उखु खरिद गरी क्रसिङ गर्ने काम भइरहेको बताउनुभयो ।

चिनी मिलका कारण कसैको पनि उखु खेतमै रहने वा सुक्ने अवस्था नआउने उहाँले बताउनुभयो । चिनी मिलले चालु सिजनमा लक्ष्य अनुसार झण्डै २० लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य लिएको बताउनुभयो । मिलले सिजनको सुरुमा दैनिक १५ देखि ३० हजार क्विन्टल उखु क्रसिङ्ग गरिरहेको जनाएको छ ।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...