खेतमै उखु सुक्न थालेपछि किसान चिन्तित

Published on

काठमाडौं । नगदे बालीको रूपमा लगाउँदै आएको उखु बाली कहिले उधारो त कहिले समयमा क्रसिङ्गका लागि सुगर मिलले पुर्जी नदिँदा किसान मारमा परेका छन् । यसपालि समयमा इस्ट्रन सुगर मिल अमाहिबेलाहा सुनसरीले क्रसिङ्गका लागि पुर्जी नदिँदा धेरै किसानको उखु खेतमै सुक्न थालेको गुनासो बाहिर आएको छ ।

गढी गाउँपालिका ३ का किसान सूर्यनारायण उराँवले समयमा मिलले क्रसिङ्गको पुर्जी नदिएकाले माघमै काट्नुपर्ने उखु फागुन लाग्दा समेत नकाटेकाले खेतमै सुक्न थालेपछि समस्या भएको गुनासो सुनाउनुभयो । उराँवले आफू सहित सुनसरी र मोरङका उखुका किसान चिन्तित बनेको सुनाउनुभयो । उराँवका अनुसार प्रति कट्ठा ५ देखि ८ क्विन्टल सम्म उखु उत्पादन भइरहेको छ । गर्मी आएपछि सुक्ने र त्यो तौल घट्ने भएकाले किसान चिन्तित बनेको बताउनुभयो । मोरङको विराटनगरका किसान हरिशंकर मण्डलले समेत समयमा मिलले क्रसिङ्गको पुर्जी नदिएकाले माघको अन्तिममै काट्नुपर्ने उखु अझै खेतमै रहेको र सुक्न थालेको गुनासो गर्नुभयो । सुनसरीको गढी, बर्जू, हरिनगर, कोशी गाउँपालिका र मोरङको विराटनगर, जहदा, टंकीसिनुवारी सहितका किसानले लगाएको उखु खेतमै सुक्न थालेपछि उखु किसान लगानी डुब्ने डरले चिन्तित बनेका छन् । बर्जू गाउँपालिका–५ अमाहिबेलाहास्थित इस्ट्रन सुगर मिल प्रालिले समयमा उखु सहज रूपमा खरिद नगर्दा किसान समस्यामा परेका हुन् ।

कोशी प्रदेशको एक मात्रै सुगर मिल इस्ट्रन सुगर मिल अमाहिबेलाहाले समयमा क्रसिङ्ग सुरु नगरेको र उखुको क्षेत्रफल बढेकाले हजारौँ किसान समस्यामा परेको अर्का किसान रामविलास मेहताले गुनासो गर्नुभयो । मिलले समयमा नै उखु खरिद गरी क्रसिङ गर्ने प्रतिबद्धता जनाएको भएपनि प्रतिबद्धता विपरीत उखु किसानलाई समयमै चलान नदिएर समस्यामा पारेका किसानको भनाइ छ । यसले किसानको नगदे बालीका रूपमा रहेको उखुको लगानी डुब्ने चिन्ताले उखु किसानलाई सताएको मेहताको भनाइ छ । हरिनगर गाउँपालिकाका कृषि प्राविधिक भुवनेश्वर यादवले उखुको क्रसिङ्गको समय मङ्सिर पुसबाट किसानसँग चिनी मिलले किसानको उखु खरिद गर्नुपर्नेमा ढिलो उखु खरिद गर्नेगरी किसानालई चलान दिएकाले केही समस्या देखिएको प्रतिक्रिया दिनुभयो । समयमा चलान नदिँदा किसानको सयौँ हेक्टरमा लगाइएको उखु सुक्ने अवस्थामा पुगेको गुनासो आफूहरू कहाँ आएको यादवले बताउनुभयो । सरकारले चालु आर्थिक वर्षका लागि उखुको मूल्य ६ सय ३५ रुपियाँ प्रति क्विन्टल निर्धारण गरेको छ । किसानले सोही मूल्यमा विक्री गर्दै आएकोमा मिलले पाँच सय ६५ र सरकारले ७० रुपियाँ अनुदान उपलब्ध गराउँदै आएको किसानको भनाइ छ । उता चिनी मिलका उखु प्रबन्धक पवन झाले किसानको खेतमा बाँकी रहेको उखु खरिद गरी क्रसिङ गर्ने काम भइरहेको बताउनुभयो ।

चिनी मिलका कारण कसैको पनि उखु खेतमै रहने वा सुक्ने अवस्था नआउने उहाँले बताउनुभयो । चिनी मिलले चालु सिजनमा लक्ष्य अनुसार झण्डै २० लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य लिएको बताउनुभयो । मिलले सिजनको सुरुमा दैनिक १५ देखि ३० हजार क्विन्टल उखु क्रसिङ्ग गरिरहेको जनाएको छ ।

ताजा समाचार

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

काठमाडौं । कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको छैन । पशुचौपाया दूध...

दाङमा बढ्दै डेङ्गुका बिरामी

काठमाडौं । दाङका विभिन्न स्थानमा डेङ्गुका बिरामी देखा पर्न थालेका छन् । घोराहीस्थित राप्ती स्वास्थ्य...

वार्षिक १५ जनाको कलेजो प्रत्यारोपण

काठमाडौं । नेपालमा केही वर्षअघिसम्म कल्पनामा सीमित रहेको कलेजो प्रत्यारोपण निरन्तर रूपमा हुन थालेको...

‘सहकर्मी गुमाउँदा अत्यन्त मर्माहत’

काठमाडौं । सौर्य एयरलाइन्स प्रालिले स्थापनाकालदेखि परिवारको रुपमा काम गर्दै आएका मित्र एवम् सहयोगीहरुको...