जलवायु प्रतिरोधी स्वास्थ्य प्रणाली निर्माण गर्न आवश्यक

Published on

काठमाडौं । उपप्रधान एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले नेपालले जलवायु प्रतिरोधी स्वास्थ्य प्रणाली निर्माण गर्न विभिन्न उपायहरू अवलम्वन गरिरहेको बताउनुभएको छ ।

बिहीबार काठमाडौंमा ‘जलवायु परिवर्तन, स्वास्थ्य र समानताका लागि दक्षिण र दक्षिण एसियाली क्षेत्रीय अनुसन्धान र नविन केन्द्र’ विषयक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । स्वास्थ्यमन्त्री यादवले जलवायु परिवर्तनको प्रतिकुल प्रभावलाई न्यूनीकरण गर्ने प्रयासमा सरकारले काम गरिरहेको बताउनु भयो । उहाँले स्वास्थ्य क्षेत्रमा जलवायु परिवर्तनको महत्त्वलाई ध्यानमा राखी सरकारले मुख्यतया अनुकूलनका साथै न्यूनीकरणका उपायहरू अवलम्वन गरिरहेको जिकिर गर्नुभयो । मन्त्री यादवले भन्नुभयो, ‘‘जलवायु परिवर्तनको प्रभावबाट नेपाल धेरै प्रभावित भएको कुरा हामी सबैलाई थाहा छ । जलवायु परिवर्तन, जसका लागि हामी जिम्मेवार छैनौं । नेपालले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा वकालत गर्दै आएको छ । जलवायु परिवर्तनको प्रतिकुल प्रभावलाई न्यूनीकरण गर्ने प्रयासमा हामी लागिरहेका छौँ । स्वास्थ्य क्षेत्रमा जलवायु परिवर्तनको महत्त्वलाई ध्यानमा राखी हामीले मुख्यतया अनुकूलनका साथै न्यूनीकरणका उपायहरू अवलम्वन गर्दै आएका छौं ।’’

मन्त्री यादवले सरकारले स्वास्थ्य व्यवसायीहरूको क्षमता अभिवृद्धि, अनुसन्धान अध्ययन, जलवायु संवेदनशील रोग निगरानी प्रणालीको सुदृढीकरण, स्वास्थ्य संस्थाहरूमा जलवायु प्रतिरोधीता र वातावरणीय दिगोपन हामीले कार्यान्वयन गर्दै आइरहेको बताउनु भयो । न्यूनीकरण उपायहरूले राष्ट्रिय र विश्वव्यापी लक्ष्यहरू प्राप्त गर्न केही हदसम्म योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो । मन्त्री यादवले भन्नुभयो, ‘‘नेपालले दक्षिण एशिया क्षेत्रमा पहिलो राष्ट्रको रूपमा राष्ट्रिय स्वास्थ्य अनुकूलन योजना बनाएको छ र जलवायु प्रतिरोधी स्वास्थ्य प्रणाली निर्माण गर्न विभिन्न उपायहरू गरिरहेको छ । विभिन्न तहमा वकालत, स्वास्थ्य व्यवसायीहरूको क्षमता अभिवृद्धि, अनुसन्धान अध्ययन, जलवायु संवेदनशील रोग निगरानी प्रणालीको सुदृढीकरण, स्वास्थ्य संस्थाहरूमा जलवायु प्रतिरोधीता र वातावरणीय दिगोपन हामीले कार्यान्वयन गर्दै आएका केही उदाहरण हुन् । हाम्रा न्यूनीकरण उपायहरूले राष्ट्रिय र विश्वव्यापी लक्ष्यहरू प्राप्त गर्न केही हदसम्म योगदान पुर्‍याउनेछ भन्ने हामी दृढ विश्वास गर्छौं ।’’

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...