नगरप्रमुख नकर्मीको अन्त्येष्टि

Published on

काठमाडौं । कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको कीर्तिपुर दिखु घाटमा नेवारी परम्पराअनुसार अन्येष्टि गरिएको छ । उहाँको पार्थिव शरीरमा छोरा राहुल नकर्मीले दागबत्ती दिनुभएको हो ।

अन्त्येष्टि अघि नगरप्रमुख नकर्मीको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि बर्खाहिटीस्थित नगर कार्यपालिका भवनमा राखिएको थियो । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, कांग्रेस उपसभापति धनराज गुरुङ, उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंह, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल, सांसद राजेन्द्रकुमार केसीलगायत पार्टीका स्थानीय नेता तथा कार्यकताले दिवङ्गत नकर्मीप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको थियो । नगरप्रमुख नकर्मीको बिहीबार राति उपचारका क्रममा वीर अस्पतालमा निधन भएको हो ।

वि.सं.२०७९ मा भएको स्थानीय तह निर्वाचनबाट नकर्मी कीर्तिपुर नगरपालिकाको प्रमुखमा निर्वाचित हुनुभएको थियो । उहाँ लामो समयदेखि मिर्गौला रोगबाट पीडित हुनुहुन्थ्यो । नगरप्रमुख नकर्मीको जन्म २०२० असार २० गते कीर्तिपुर–३ मा भएको थियो । उहाँ २०४० सालदेखि नेपाल विद्यार्थी सङ्घ हुँदै नेपाली कांग्रेसको राजनीतिमा सक्रिय हुनुहुन्थ्यो । उहाँका श्रीमती, एक छोरा र एक छोरी हुनुहुन्छ । रासस

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...