‘विद्यार्थी खोजौं र विद्यालय बचाऔँ’ अभियान सुरु

Published on

काठमाडौं । गोरखाको भिमसेन थापा गाउँपालकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न चैत १ गतेबाट लागु हुने गरी चैत १५ गतेसम्म ‘विद्यार्थी खोजौ र विद्यालय बचाऔं’ अभियान सुरु गरेको छ ।

बुधबार गाउँपालिकाको कार्यापालिका बैठककोे निर्णय अनुसार सामुदायिक विद्यालयलाई थप व्यवस्थित र प्रभावकारी बनाई गुणस्तरिय शिक्षा सुनिचित गर्न सहयोग पु–याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बन्जराले जानकारी दिनुभयो । गाउँपालिकाले सार्वजानिक पद धारण गरेको व्यक्तिले आफना बालबालिकालाई सामुदायिक विद्यालयमा भर्ना गर्न सूचना जारी गरिसकेको छ । गाउँपालिका भित्रका जनप्रतिनिधी, कर्मचारी, शिक्षक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र शिक्षक अभिभावक संघका पदाधिकारीका बालबालिकाहरुलाई आगमी शैक्षिक सत्रबाट अनिवार्य आफना बाबु नानीहरुलाई सामुदायिक विद्यालयमा भर्ना गर्न सूचनामार्फत् गाउँपालिकाले जानकारी गराएको छ ।

साथै गाउँपालिकाले पालिका भित्रका ८ वटा वडाका भित्रका सार्वजानिक पद धारण गरेका शिक्षक, कर्मचारी, जनप्रतिनिधि, बिद्यालय ब्यास्थापन समितिका पदाधिकारी, शिक्षक अभिभाबक संघका पदाधिकारी लगाएतका बालबालिकाहरु निजि वा संस्थागत विद्यालयमा अध्ययनरत छन् ती सबैको विवरण चैत १५ गते भित्र गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखा घ्याम्पेसालमा पठाईदिनु हुन भनी अनुरोध गरी पत्रचार गरेको छ । आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा भर्ना गराई सामुदायिक विद्यालयको विकास र व्यवस्थापनमा विशेष योगदान गर्न गाउँपालिकाले सबै पािलकाबासीलाई हार्दिक अपिल समेत गरेको हो । सरकारले बनाएको बाटो राम्रो, सरकारी जागिर राम्रो, सरकारले बनाएको धारा पाटी पौवा राम्रो, तर सामुदायिक विद्यालयमा पढाउन नराम्रो भन्नी प्रचलन चिर्न पालिकाले यस्तो योजना ल्याएको उहाँले बताउनुभयो ।

बालबालिकालाई शिक्षामा गुणस्तरिय कायम गर्न गाउँपालिकाले जस्तो सुकै पनि सहयोग गर्न तयार रहेकाले बालबालिकालाई सामुदायिक विद्यायमा पढाउने काम अभिभाबकको र उत्कृष्ट शिक्षा दिने काम गाउँपालिकाको भएकाले निर्धक्क भएर सामुदायिक विद्यालयमा आफ्ना बाबुनानीहरुलाई पढाउन गाउँपालिकाका अध्यक्ष बन्जराले गाउँबासीलाई अनुरोध गर्नुभएको छ ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...