आमडाँडाको आफ्नै भवनबाट सेवा प्रवाह सुरु

Published on

काठमाडौं । पुतलीबजार नगरपालिका १४ आमडाँडाले आफ्नै भवनबाट सेवा दिन थालेको छ । स्थानीय तह स्थापना भएपछि भाँडामा कार्यालय सञ्चालन गर्दै आएकोमा नयाँ भवन बनेपछि आफ्नै भवनबाट सेवा प्रदान गर्न थालेको हो ।

नगरपालिकाले आफ्नै लागत ६८ लाख ५८ हजार ७९ रुपियाँ ५८ पैसाको आरसीसी भवन निर्माण भएको हो । साढे दुई तले भवनमा बैठक हल सहित छ वटा कोठा र दुई सार्वजनिक सहित सात वटा शौचालय निर्माण गरिएको छ । २०७८ फागुन २९ गते डेढ बवर्षमा सम्पन्न गर्ने गरी केशव निर्माण सेवा पुतलीबजार ४ ले सम्झौता गरेमा छ महिना ढिला निर्माण सकेको इन्जितियर गोबिन्द नोरङले बताउनुभयो । नगरपालिकामा १४ वटा वडा रहेकोमा वडा नं ३ को कार्यालय अहिले पनि भाँडाको भवनमा छ । यस्तै वडा नं १ नगर विकासको भवनमा, वडा नं २ गाभिएको विद्यालयमा र वडा न नं ५ हेल्थ पोष्ट छ । यहाँका अन्य १० वडा भने नयाँ भवनबाट सेवा प्रदान गरेका छन् । यहाँ निर्माण भएको वडा कार्यालय भवनको संघिय सांसद राजु थापाले उदघाटन गर्नुभएको थियो ।

ताजा समाचार

‘सहकर्मी गुमाउँदा अत्यन्त मर्माहत’

काठमाडौं । सौर्य एयरलाइन्स प्रालिले स्थापनाकालदेखि परिवारको रुपमा काम गर्दै आएका मित्र एवम् सहयोगीहरुको...

अर्थतन्त्रलाई गतिशील बनाउन लचिलो र सहज मौद्रिक नीति

काठमाडौं । राष्ट्र बैंकले अर्थतन्त्रलाई गतिशील बनाउने भन्दै लचिलो र सहज मौद्रिक नीति ल्याएको...

‘नयाँ पुस्तालाई नेतृत्व दिँदा राष्ट्र एकजुट हुनेछ’

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो नेतृत्व र दृष्टिकोण अमेरिकाका लागि अविस्मरणीय रहने...

नगरप्रमुख नकर्मीको अन्त्येष्टि

काठमाडौं । कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको कीर्तिपुर दिखु घाटमा नेवारी परम्पराअनुसार अन्येष्टि गरिएको...