आमडाँडाको आफ्नै भवनबाट सेवा प्रवाह सुरु

Published on

काठमाडौं । पुतलीबजार नगरपालिका १४ आमडाँडाले आफ्नै भवनबाट सेवा दिन थालेको छ । स्थानीय तह स्थापना भएपछि भाँडामा कार्यालय सञ्चालन गर्दै आएकोमा नयाँ भवन बनेपछि आफ्नै भवनबाट सेवा प्रदान गर्न थालेको हो ।

नगरपालिकाले आफ्नै लागत ६८ लाख ५८ हजार ७९ रुपियाँ ५८ पैसाको आरसीसी भवन निर्माण भएको हो । साढे दुई तले भवनमा बैठक हल सहित छ वटा कोठा र दुई सार्वजनिक सहित सात वटा शौचालय निर्माण गरिएको छ । २०७८ फागुन २९ गते डेढ बवर्षमा सम्पन्न गर्ने गरी केशव निर्माण सेवा पुतलीबजार ४ ले सम्झौता गरेमा छ महिना ढिला निर्माण सकेको इन्जितियर गोबिन्द नोरङले बताउनुभयो । नगरपालिकामा १४ वटा वडा रहेकोमा वडा नं ३ को कार्यालय अहिले पनि भाँडाको भवनमा छ । यस्तै वडा नं १ नगर विकासको भवनमा, वडा नं २ गाभिएको विद्यालयमा र वडा न नं ५ हेल्थ पोष्ट छ । यहाँका अन्य १० वडा भने नयाँ भवनबाट सेवा प्रदान गरेका छन् । यहाँ निर्माण भएको वडा कार्यालय भवनको संघिय सांसद राजु थापाले उदघाटन गर्नुभएको थियो ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...