सुविधासम्पन्न प्रशासनिक भवन

Published on

काठमाडौं । बगनासकाली गाउँपालिकाको सुविधासम्पन्न प्रशासनिक भवन बनेको छ । दुई वर्ष लगाएर बगनासकाली गाउँपालिकाले नयाँ प्रशासनिक भवन निर्माण सम्पन्न गरेको हो । बगनासकाली–१, चिर्तुङधारास्थित चिलाङ्दीमा निर्माण गरिएको प्रशासनिक भवनमा लिफ्टको सुविधासमेत छ ।

गाउँपालिकाको ४० प्रतिशत र सङ्घीय सरकारको ६० प्रतिशत गरी कुल छ करोड ४७ लाख ८४ हजार रुपियाँमा प्रशासनिक भवन निर्माण भएको हो । दुई वर्षभित्र काम सकिने गरी वि।स। २०७८ फागुन ८ गते ठेकेदार कम्पनी न्यू ड्रागन आरआर जेभीसँग भवन निर्माणका लागि सम्झौता भएको थियो । सम्झौता अनुसार समयमै भवन निर्माणको काम सकिएको पालिकाले जनाएको छ । भवन बनाउन भैरव मन्दिर सामुदायिक वनको गौचरनको जग्गा २५ वर्ष लिजमा लिइएको हो । गाउँपालिकाले भोगचलन गर्ने १३ रोपनी तीन आना जग्गामध्ये ११ आना जग्गाभित्र चार हजार १० वर्गफिटमा प्रशासकीय भवन निर्माण भएको पालिकाका इन्जिनियर प्रमोद कुँवरले बताउनुभयो । नयाँ बनेको भवन अपाङ्गतामैत्री र माथिल्लो तलामा जानआउनका लागि लिफ्टको व्यवस्था गरिएको उहाँले बताउनुभयो । जिल्लामै पहिलो पटक सरकारी कार्यालयको लिफ्टसहित प्रयोग भएको भवन पहिलो रहेको पालिकाले जनाएको छ ।

भवन निर्माण सकिएपछि आवश्यक पक्रिया पूरा गरी छिट्टै नयाँ भवनबाट सेवा आरम्भ गरिने पालिकाले जनाएको छ । हाल बगनासकाली–१, को चिर्तुङ्धाराको टहराबाट पालिकाले सेवा दिँदै आएको छ । नयाँ भवन बनेपछि सोही भवनबाट सेवा सुरु गर्ने तयारीमा रहेको पालिकाका अध्यक्ष सरस्वती चिदीले जानकारी दिनुभयो । नयाँ भवनबाट सेवा प्रवाह प्रभावकारी बन्ने र सबै पालिकावासीलाई पायक पर्ने उहाँले बताउनुभयो । साढे छ वर्षसम्म टहराबाट सेवा दिँदा समस्या भोगेका कर्मचारीले नयाँ भवन बनेपछि सेवालाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने बताएका छन् । भवन र कोठा पर्याप्त नहुँदा कतिपय शाखाले एउटै कोठाबाट सेवा दिँदै आएका पालिकाका उपाध्यक्ष हरिप्रसाद पाठकले बताउनुभयो । नयाँ भवनमा शाखा अनुसारका कोठा, जनप्रतिनिधिको आवास सुबिधा तथा अन्य विभिन्न सुविधा रहेको उहाँले बताउनुभयो ।गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...