घोराहीमा जग्गा नाप नक्सा तथा व्यवस्थापनको काम सुरु

Published on

काठमाडौं । घोराही उपमहानगरपालिकाले भूमीहिन दलित, भूमीहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको जग्गा व्यवस्थापन तथा नाप नक्सा सुरु गरेको छ । घोराही उपमहानगरपालिका– १ को सिमलताला स्यानीचौरबाट जग्गा नाप जाँचको काम सुरु गरिएको हो ।

जग्गा नाप जाँचको सुभारम्भ गर्दै नगर प्रमुख नरुलाल चौधरीले भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थीत बसोवासी सवैले जग्गा पाउनुपर्ने बताउनुभयो । नगर प्रमुख चौधरीले जग्गा व्यवहारिक र अपनत्व हुने गरि वितरण गर्नुपर्ने बताउनुभयो । पटकपटक जग्गा दिने कामको प्रक्रिया सुरु भएपनि त्यसले सार्थकता पाउन नसकेकाले भन्दै नगर प्रमुख चौधरी अब भने जसरी भएपनि जग्गा दिनुपर्ने बताउनुभएको थियो । कार्यक्रममा राष्ट्रिय भूमि आयोग जिल्ला समिति दाङका अध्यक्ष लेखराज सिंहले जिल्लामा भूमिहिन दलित, भूमिहिन सुकुम्वास र अव्यवस्थीत बसोवासीलाई जग्गा छिट्टै उपलव्ध गराउने गरि समितिले काम गरिरहेको बताउनुभयो । उहाँले विगतमा फाइलका माध्यमबाट काम गर्दा एउटा समितिले काम गरेको अर्को समिति आउँदा भेटाउनै काम पर्ने गरेपनि अहिले अनलाइन सिस्टमबाट काम गरेकाले अब डाटा नहराउने भएकाले काम गर्न सहजता भएको बताउनुभएको थियो ।

घोराही उपमहानगरपालिकाभित्र १६ हजार १ सय ४६ जनाले जग्गाका लागि निवेदन दिएका छन् । जसमा जसमा भूमिहिन दलित एक हजार चार सय १६, भूमिहिन सुकुम्वासी २ हजार एक सय ६१ र अव्यवस्थित बसोवासी १२ हजार ५ सय ७४ जना छन् ।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...