घोराहीमा जग्गा नाप नक्सा तथा व्यवस्थापनको काम सुरु

Published on

काठमाडौं । घोराही उपमहानगरपालिकाले भूमीहिन दलित, भूमीहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको जग्गा व्यवस्थापन तथा नाप नक्सा सुरु गरेको छ । घोराही उपमहानगरपालिका– १ को सिमलताला स्यानीचौरबाट जग्गा नाप जाँचको काम सुरु गरिएको हो ।

जग्गा नाप जाँचको सुभारम्भ गर्दै नगर प्रमुख नरुलाल चौधरीले भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थीत बसोवासी सवैले जग्गा पाउनुपर्ने बताउनुभयो । नगर प्रमुख चौधरीले जग्गा व्यवहारिक र अपनत्व हुने गरि वितरण गर्नुपर्ने बताउनुभयो । पटकपटक जग्गा दिने कामको प्रक्रिया सुरु भएपनि त्यसले सार्थकता पाउन नसकेकाले भन्दै नगर प्रमुख चौधरी अब भने जसरी भएपनि जग्गा दिनुपर्ने बताउनुभएको थियो । कार्यक्रममा राष्ट्रिय भूमि आयोग जिल्ला समिति दाङका अध्यक्ष लेखराज सिंहले जिल्लामा भूमिहिन दलित, भूमिहिन सुकुम्वास र अव्यवस्थीत बसोवासीलाई जग्गा छिट्टै उपलव्ध गराउने गरि समितिले काम गरिरहेको बताउनुभयो । उहाँले विगतमा फाइलका माध्यमबाट काम गर्दा एउटा समितिले काम गरेको अर्को समिति आउँदा भेटाउनै काम पर्ने गरेपनि अहिले अनलाइन सिस्टमबाट काम गरेकाले अब डाटा नहराउने भएकाले काम गर्न सहजता भएको बताउनुभएको थियो ।

घोराही उपमहानगरपालिकाभित्र १६ हजार १ सय ४६ जनाले जग्गाका लागि निवेदन दिएका छन् । जसमा जसमा भूमिहिन दलित एक हजार चार सय १६, भूमिहिन सुकुम्वासी २ हजार एक सय ६१ र अव्यवस्थित बसोवासी १२ हजार ५ सय ७४ जना छन् ।

ताजा समाचार

जङ्गलघाटमा पुल निर्माणको काममा ढिलाइ

काठमाडौँ । तुर्माखाँद गाउँपालिका-४ का ६८ वर्षीय प्रेमबहादुर बुढाले चिसापानी–जंगलघाट–मंगलसेन सडकको चर्चा सुनेको करिब...

संविधान विरोधी गतिविधि स्वीकार्य नहुने: गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले संविधान विरोधी गतिविधि स्वीकार्य नभएको बताउनुभएको छ । गण्डकी...

चलचित्रसम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक संसदमा पेस हुने

काठमाडौँ । यही वैशाख २ गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चलचित्रसम्बन्धी कानुनलाई संशोधन र...

शिक्षक आन्दोनल : दराजमा थन्कियो सात हजार उत्तर पुस्तिका

काठमाडौँ । संस्थागत विद्यालयमा विद्यार्थी भर्ना गर्नका लागि विद्यार्थी र अभिभावकको चहल पहल बढिरहेका...