सालिक अनावरण राष्ट्रपति पौडेलद्वारा

Published on

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जिल्लाको पिपरा गाउँपालिका– ४ मा निर्मित पूर्वमन्त्री एवम् नेपाली कांग्रेसका नेता स्वर्गीय रामनारायण मिश्र, जलेश्वर नगरपालिका– ५ मा निर्मित पूर्वमन्त्री स्वर्गीय गणेश नेपाली र मटिहानी नगरपालिका– ८ मा निर्मित सहिद केशव कोइरालाको सालिक अनावरण गर्नुभएको छ ।

राष्ट्रपति पौडेलले पिपरामा नेता मिश्रको, त्यसपछि नेता नेपालीको र अन्त्यमा सहिद केशव कोइरालाको सालिक अनावरण गर्नुभएको हो । सालिक अनावरण गर्नुहुँदै राष्ट्रपति पौडेलले सहिद एवम् पूर्वनेता देशका धरोहर हुन् भन्दै उहाँहरुप्रति सबैको श्रद्धाभाव हृुनुपर्ने बताउनुभयो । उहाँहरूले देशका लागि गरेको योगदानलाई हामीले बिर्सिन नहुने तथा उहाँहरुले देखाउनुभएको बाटोमा सधैं हिँड्नुपर्नेमा राष्ट्रपतिले जोड दिनुभयो । रासस

ताजा समाचार

सुरक्षण मुद्रण केन्द्रको काममा भएन प्रगति

काठमाडौं । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका –५ मा सुरक्षण मुद्रण केन्द्र स्थापनाका लागि सरकारले सालबसाली...

स्काइ–वाक टावर सुचारु

काठमाडौं । चार वर्षअघि निर्माण कार्य सुरु गरिएको धनकुटाको साँगुरीगढी गाउँपालिकास्थित भेडेटारमा नवनिर्मित स्काइ–वाक...

गुरुङको अध्यक्षतामा रिकोन गठन

नेपाल नवीकरणीय ऊर्जा परिसंघ (रिकोन) को अध्यक्षमा कुशल गुरुङ चयन हुनु भएको छ ।...

तीन वर्षदेखि पुल अलपत्र, सास्ती खेप्दै स्थानीयबासी

काठमाडौं । कालीकोटको नरहरिनाथ गाउँपालिका वडा नं १ कोटवाडा र वडा नं ६, ७,...