‘सिङ्गो पार्टी नै माओवादी केन्द्रसँग एकता गर्न लागेको हो’ श्रेष्ठको भनाई

Published on

काठमाडौं । नेपाल समाजवादी पार्टीका सहअध्यक्ष गङ्गानारायण श्रेष्ठले सिङ्गो नेपाल समाजवादी पार्टी नेकपा९माओवादी केन्द्र०सँग एकता गर्न लागेको बताउनुभएको छ । शनिबार सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै सहअध्यक्ष श्रेष्ठले सिङ्गो नेपाल समाजवादी पार्टी नै माओवादी केन्द्रसँग एकता गर्न लागेको जानकारी दिनुभएको हो ।

उहाँले कुनै एक पक्षमात्रै एकता गर्न लागेको भन्नेकुरा सत्य नभएको बताउनुभयो । उहाँले नेसपाले गत मङ्सिर ६ गते नै केन्द्रीय समिति बैठकबाट पार्टी एकता गर्नका लागि संयोजन समिति बनाएको भन्दै सोही समितिको बैठक बसेर एकता गर्ने निर्णय गरिएको जानकारी दिनुभयो । सहअध्यक्ष श्रेष्ठले दुई पार्टी बिचमा एकता गर्ने भनेर चुनाव अगाडि नै सहमति भएको र पार्टी एकताको सर्तसहित आफूहरूले माओवादी केन्द्रको चुनाव चिह्नमा चुनाव लडेको बताउनुभयो । उहाँले आफूहरू पार्टी एकता गर्ने डेढ वर्ष अगाडिको सहमति अनुरूप अगाडि बढेको र चाँडोभन्दा चाँडो पार्टी एकता हुने बताउनुभयो ।

सहअध्यक्ष श्रेष्ठले आफूहरूले माओवादी केन्द्रको चुनाव चिह्न लिएर चुनाव लडेकाले कानुनी रूपमा आफूहरू माओवादी केन्द्रको सांसद भएको बताउनुभयो । आफूहरूले कुनै सत्ता स्वार्थका लागि पार्टी एकता गर्न नलागेको भन्दै उहाँले विगतको पार्टी एकता गर्ने निर्णयमा इमान्दार र प्रतिबद्ध भएर लागेको बताउनुभयो । उहाँले पार्टी अध्यक्ष महिन्द्रराय यादवको मन्त्री पद नरहेको र आफू हालसम्म बागमती प्रदेश सरकारको मन्त्री भए पनि त्यो विगतमै भएको बताउनुभयो । सत्ताका लागि एकता गर्न लागिएको भन्नेहरू पार्टी एकताको विरोधी भएका उहाँको भनाइ छ । सहअध्यक्ष श्रेष्ठले माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी सँगसँगै अन्य पार्टीहरूलाई पनि एकता गर्दै लैजाने तयारी भएको बताउनुभयो ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...