‘सिङ्गो पार्टी नै माओवादी केन्द्रसँग एकता गर्न लागेको हो’ श्रेष्ठको भनाई

Published on

काठमाडौं । नेपाल समाजवादी पार्टीका सहअध्यक्ष गङ्गानारायण श्रेष्ठले सिङ्गो नेपाल समाजवादी पार्टी नेकपा९माओवादी केन्द्र०सँग एकता गर्न लागेको बताउनुभएको छ । शनिबार सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै सहअध्यक्ष श्रेष्ठले सिङ्गो नेपाल समाजवादी पार्टी नै माओवादी केन्द्रसँग एकता गर्न लागेको जानकारी दिनुभएको हो ।

उहाँले कुनै एक पक्षमात्रै एकता गर्न लागेको भन्नेकुरा सत्य नभएको बताउनुभयो । उहाँले नेसपाले गत मङ्सिर ६ गते नै केन्द्रीय समिति बैठकबाट पार्टी एकता गर्नका लागि संयोजन समिति बनाएको भन्दै सोही समितिको बैठक बसेर एकता गर्ने निर्णय गरिएको जानकारी दिनुभयो । सहअध्यक्ष श्रेष्ठले दुई पार्टी बिचमा एकता गर्ने भनेर चुनाव अगाडि नै सहमति भएको र पार्टी एकताको सर्तसहित आफूहरूले माओवादी केन्द्रको चुनाव चिह्नमा चुनाव लडेको बताउनुभयो । उहाँले आफूहरू पार्टी एकता गर्ने डेढ वर्ष अगाडिको सहमति अनुरूप अगाडि बढेको र चाँडोभन्दा चाँडो पार्टी एकता हुने बताउनुभयो ।

सहअध्यक्ष श्रेष्ठले आफूहरूले माओवादी केन्द्रको चुनाव चिह्न लिएर चुनाव लडेकाले कानुनी रूपमा आफूहरू माओवादी केन्द्रको सांसद भएको बताउनुभयो । आफूहरूले कुनै सत्ता स्वार्थका लागि पार्टी एकता गर्न नलागेको भन्दै उहाँले विगतको पार्टी एकता गर्ने निर्णयमा इमान्दार र प्रतिबद्ध भएर लागेको बताउनुभयो । उहाँले पार्टी अध्यक्ष महिन्द्रराय यादवको मन्त्री पद नरहेको र आफू हालसम्म बागमती प्रदेश सरकारको मन्त्री भए पनि त्यो विगतमै भएको बताउनुभयो । सत्ताका लागि एकता गर्न लागिएको भन्नेहरू पार्टी एकताको विरोधी भएका उहाँको भनाइ छ । सहअध्यक्ष श्रेष्ठले माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी सँगसँगै अन्य पार्टीहरूलाई पनि एकता गर्दै लैजाने तयारी भएको बताउनुभयो ।

ताजा समाचार

इरानमा अमेरिकी आक्रमणपछि सत्ता परिवर्तनको बहस सुरु

काठमाडौं । अमेरिकाले इरानका तीन परमाणु केन्द्रमा गरेको आक्रमणपछि इरानमा सत्ता परिवर्तनको बहस सुरु...

पशुपति क्षेत्र विकास कोषका १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३३ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा पशुपति क्षेत्र...

सप्तरीका किसानको अर्गानिक आँपबाट लाखौं आम्दानी

सप्तरी — कञ्चनरूप नगरपालिका–१२, रूपनगर बस्तीपुरका किसानहरूले विषादी प्रयोग नगरी अर्गानिक आँप उत्पादन गरेर...

नारायणघाट–बुटवल सडक ६ दिनदेखि अवरुद्ध, सयौं मालवाहक सवारी बीच बाटोमै रोकिए

नवलपुर — विनयी खोलामा आएको बाढी र दाउन्नेमा चिप्लो सडकका कारण नारायणघाट–बुटवल सडकखण्ड अन्तर्गतका...