थन्किए नगर सरकारी बस

Published on

काठमाडौं । नेपालगञ्ज उपमहानगरपालिकाले तीन करोड रुपियाँ बढी खर्च गरी खरिद गरिएका नगर बसहरुमध्ये तीनवटा बस थन्किएका छन् ।

२०७६ असार २५ गते तीन करोड पाँच लाख ७५ हजार ८४० रुपियाँमा लुम्बिनी प्रदेश सरकारको विशेष अनुदानको रकमबाट सातवटा नगर बस खरिद गरिएको थियो । तीनमध्ये चारवटा बस हाल पनि सञ्चालनमा रहे पनि तीनवटा बस भने एक वर्षदेखि थन्किएका छन् । विशेष अनुदानको रकमबाट बस खरिद गरिएकाले महिला सहचालक राखी सुरुवातमा उपमहानगरपालिका आफैंले सञ्चालन गरे पनि खर्च धान्न नसक्ने देखेपछि बसपार्क र सातवटा बस सञ्चालनका लागि टेण्डर आह्वान गरिएको थियो । राजस्व शाखा प्रमुख वीरबहादुर थापाका अनुसार सातवटा बसको वार्षिक ५० लाख र नेपालगञ्ज बसपार्कको पार्किङ शुल्क ५१ लाख न्यूनतम मूल्य कायम गरी टेण्डर आह्वान भएकोमा शिवशक्ति जनरल अर्डर सप्लायर्सले वार्षिक एक करोड ३७ लाख ५१ हजार रुपियाँमा ठेक्का स्वीकार गरेको छ ।

तर तीनवटा बसहरु थन्किएको र बसपार्कभित्र सबै बसहरु पार्किङमा ल्याउन नसकेपछि ठेक्का स्वीकार गरेको सप्लायर्स समस्यामा परेको छ । राजस्व शाखा प्रमुख थापाले भन्नुभयो, ‘सम्झौताअनुसार बसको मर्मतसम्भारको जिम्मेवारी ठेक्का स्वीकार गर्ने कम्पनीको हो ।’ सम्झौताअनुसार पाउनुपर्ने रकमसमेत पछिल्लो समय अनियमित हुन थालेको छ । सप्लायर्सका प्रतिनिधि विनोद थापाले नगरभित्र चलाउँदा डिजेलको मूल्य समेत उठ्न नसक्ने भए पनि तीनवटा बसहरु सञ्चालन नगरी राखिएको जानकारी दिनुभयो । सम्झौताको अवधि पाँच वर्षको छ । थापाले भन्नुभयो, ‘नगरभित्र चलाएर डिजेल समेत धान्न नसक्ने भएपछि बसपार्कभित्र बस राखेका छौं ।’ सप्लायर्सले सम्झौताअनुसार बसपार्कभित्र बस ल्याउन उपमहानगरपालिकाले सहयोग नगरेका कारण जिल्ला अदालत बाँकेमा मुद्दा दायर गरेको छ । अदालतले सो मुद्दालाई मिलापत्रका लागि पठाइएको छ । लक्षित वर्गका लागि प्राप्त अनुदानमा नगर बस खरिद गरी राज्यको धनराशी खर्च भए पनि उपलब्धि नभएको भन्दै नगरवासीले चिन्ता र चासो व्यक्त गरेका छन् । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...