सिटी एफए कपको सेमिफाइनलमा

Published on

काठमाडौं । इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा अर्को प्रिमियर लिग टोली न्युक्यासल युनाइटेडलाई २–० गोलले हराउँदै सिटीले सेमिफाइनलमा स्थान बनाएको हो ।

सिटीको जितमा दुवै गोल पोर्चुगलका खेलाडी बर्नाडो सिल्भाले गर्नुभयो । उहाँले १३औँ र ३१औँ मिनेटमा गोल गर्नुभयो । दोस्रो हाफमा सिटीलाई कडा टक्कर दिएपनि गोल फर्काउन सकेन । यस्तै अर्को खेलमा च्याम्पियनसिप क्लब कोभेन्ट्री सिटीले वल्भ्सलाई ३–२ गोलले हराउँदै सेमिफाइनलमा स्थान बनाएको छ । कोभेन्ट्री ले खेलको अन्तिममा लगातार दुई गोल गर्दै जित निकालेको हो । कोभेन्ट्रीको जितमा इलिस सिम्सले दुई तथा हाजी राइटले एक गोल गर्नुभयो । वल्भ्सका रायन एइट नोउरी र ह्युगो बुएनोले गोल गर्नुभयो । एजेन्सी

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...