साविक विजेता पुलिस र एपिएफको विजयी सुरुवात

Published on

काठमाडौं । साविक विजेता नेपाल पुलिस क्लब र एपिएफ क्लबले आठौँ आरबिबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपअन्तर्गत महिलातर्फ विजयी सुरुवात गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिरषद् (राखेप) कभर्ड हलमा आइतबारको भएको खेलमा विभागीय टोली पुलिसले कर्णाली प्रदेशलाई ३–० को सोझो सेटमा हरायो । पुलिसले कर्णालीमाथि २५–१२, २५–७, २५–८ को सहज जित निकाल्यो । अर्को खेलमा एपिएफ क्लबले मधेश प्रदेशलाई ३–० को सेटमा निरास बनायो । एपिएफले मधेशलाई २५–८, २५–७, २५–२ ले हराएको हो । यस्तै आइतबार नै भएको पुरुषतर्फको खेलमा सुदूरपश्चिम प्रदेशले जावलाखेल भलिबल क्लबलाई ३–० को सेटमा हराएको छ । भारतका तीन खेलाडी टोलीमा समावेश गरेको सुदूरपश्चिमले जावलाखेलमाथि २५–२१, २५–१३, २५–१७ को नतिजा निकालेको थियो । नेपाल भलिबल सङ्घको आयोजनामा जारी प्रतियोगितामा पुरुषतर्फ १३ र महिलामा सात टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको पुरुष र महिला दुवैतर्फ विजेताले पाँच लाख, उपविजेताले दुई लाख र तेस्रो हुने टोलीले एक लाख २५ हजार रुपियाँ पुरस्कार पाउनेछ ।

ताजा समाचार

विकास निर्माणका अधुरा कामलाई गति दिइन्छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरपालिका–३, स्थित बेलडाँगी खानेपानी आयोजनाको सोमबार...

स्वास्थ्य सेवासम्बन्धी गुनासो सुन्न ‘हेल्लो स्वास्थ्य’ सुरु

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र मातहतका स्वास्थ्य संस्थाको सेवा सम्बन्धमा गुनासो सम्बोधन...

गृहमन्त्री रमेश लेखकको भनाइ

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले शान्ति सुरक्षा सुदृढ गर्न कुनै पनि सम्झौता नगर्न मातहतका...

किशोरीहरुले मुख्यमन्त्रीलाई सुनाए पुथाउत्तरगङ्गाको समस्या

काठमाडौँ । रुकुम पूर्व पुथा उत्तरगङ्गा गाउँपालिकाका किशोरीहरुले लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेट...