बाह्रै महिना पढाइ हुने हिमालपारि

Published on

काठमाडौं । उत्तरी नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीको विद्यालयमा पठनपाठन सुचारु हुँदै आएको पाइएको छ । लिमीको वडा कार्यालय र अभिभावकले विद्यालयलाई बाह्रै महिना पठनपाठन सुचारु राख्ने निर्णय गरे अनुसार अत्यधिक चिसो बढिरहेको भए पनि हिमालपारिको गाउँ लिमीको विद्यालयमा पठनपाठन जारी रहेको छ । विद्यार्थीलाई बाक्ला कपडा लगाएर कक्षाकोठामा प्रवेश गराउने गरिएको छ । त्यति मात्र नभएर विद्यालयमै आगो बाल्ने व्यवस्थासमेत गरिएको छ ।

दुर्गम ठाउँ भए पनि अभिभावक आफ्ना नानीहरूको पढाइप्रति निकै जिम्मेवार देखिएका छन् । लिमीका वडाध्यक्ष पाल्जोर तामाङका अनुसार गाउँको सामूहिक निर्णय अनुसार विद्यालयलाई हिउँदे बिदामा पनि पठनपाठन जारी राखिएको छ । लिमीमा एउटा मात्र सुनखानी आधारभूत विद्यालय मात्र सञ्चालित छ । लिमीका तीन गाउँका लागि तीन विद्यालय भए पनि तील र जाङ गाउँका विद्यालय विद्यार्थी नभएकै कारण बन्द भइसकेका छन् । दिउँदे बिदा गर्दा विद्यार्थीको पठनपाठन बिग्रिने निष्कर्ष वडा र अभिभावकले गरेपछि विद्यालयमा पठनपाठन जारी राखिएको हो । विद्यालयका शिक्षक पिण्डक तामाङले नियमानुसार सामुदायिक विद्यालयमा पुस १५ बाट बिदा हुनुपर्ने भए पनि लिमीको विद्यालयलाई सुचारु गरिएको बताए पनि विद्यालय सुचारु रहेको बुझ्न कठिन छैन । जिल्लाका सामुदायिक, धार्मिक र संस्थागत गरी १५१ वटा विद्यालयमध्ये लिमीको सुनखानी आधारभूत विद्यालयमा मात्र पठनपाठन सुचारु हुँदै आएको छ ।

बालविकासदेखि कक्षा ६ सम्म पठनपाठन हुने उक्त विद्यालयमा १९ जना विद्यार्थी अध्ययन गर्दै आएका छन् । एक जना बालविकासको शिक्षक सरकारी भए पनि अन्य तीन जना भने निजी स्रोतका शिक्षकले पठनपाठन गराउँदै आएका छन् । शिक्षक तामाङले विद्यालयमा पाठ्यक्रमका अतिरिक्त तिब्बेतियन भाषा, सङ्गीत र गुरुको ध्यानसमेत गराउने गरिएको बताउनुभयो । विद्यालयमा बिहान १० देखि बेलुका ४ बजेसम्म पढाइ सञ्चालन हुने गरेको छ । विद्यार्थी र शिक्षकका लागि बिहानको खाना विद्यालयमै खाने व्यवस्था गरिएको छ । यसका लागि अभिभावकले घरबाट खानेकुराको बन्दोबस्ती गर्ने र पालो लगाएर अभिभावकले खाना पकाएर खुवाउने गरिएको छ । शनिबार मात्र बिदा हुने उक्त विद्यालयमा वार्षिक परीक्षासमेत भएको छैन । विद्यालयले चैतमा गर्ने तयारी गरेको छ जब कि जिल्लाभरका सबै विद्यालयमा वार्षिक परीक्षा सञ्चालन भएर परिणामसमेत आइसकेको छ । जिल्लाका अन्य विद्यालय फागुन २ गतेबाट सञ्चालन हुने छन् ।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...