पूर्व सभामुख कृष्णबहादुर महरा पक्राउ

Published on

 प्रतिनिधि सभाका पूर्व सभामुख कृष्णबहादुर महरा सोमबार पक्राउ पर्नुभएको छ । 

कपिलवस्तुबाट नियन्त्रणमा लिइएको केन्द्रीय अनुसन्धान ब्यूरो स्रोतले जनाएको छ । सुनकाण्डसम्बन्धी जाँच बुझ आयोगको प्रतिवेदनमा उहाँको नाम समावेश भएकाले महरालाई पक्राउ गरिएको हो । उहाँलाई कपिलवस्तु जिल्लाको मायादेवी गाउँपालिका वडा नं. १ पकडीबाट पक्राउ गरिएको हो ।  उहाँ नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष  पनि हुनुहुन्छ । उहाँलाई विमानबाट काठमाडौं लैजाने तयारी भइरहेको जानकारी कपिलवस्तु प्रहरीले दिएको छ । 

उहाँ नेकपा (माओवादी केन्द्र) का नेता  यससम्बन्धी विस्तृत समाचार आउन बाँकी छ । गोरखापत्र

ताजा समाचार

‘सहकर्मी गुमाउँदा अत्यन्त मर्माहत’

काठमाडौं । सौर्य एयरलाइन्स प्रालिले स्थापनाकालदेखि परिवारको रुपमा काम गर्दै आएका मित्र एवम् सहयोगीहरुको...

अर्थतन्त्रलाई गतिशील बनाउन लचिलो र सहज मौद्रिक नीति

काठमाडौं । राष्ट्र बैंकले अर्थतन्त्रलाई गतिशील बनाउने भन्दै लचिलो र सहज मौद्रिक नीति ल्याएको...

‘नयाँ पुस्तालाई नेतृत्व दिँदा राष्ट्र एकजुट हुनेछ’

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो नेतृत्व र दृष्टिकोण अमेरिकाका लागि अविस्मरणीय रहने...

नगरप्रमुख नकर्मीको अन्त्येष्टि

काठमाडौं । कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको कीर्तिपुर दिखु घाटमा नेवारी परम्पराअनुसार अन्येष्टि गरिएको...