सुन्तला जातको खेती विस्तार

Published on

काठमाडौं । नवलपुरमा सुन्तला जातको फलफूल खेतीको क्षेत्र दुई गुणाले विस्तार भएको छ । केही वर्षअघिसम्म पाखापखेरामा सीमित रहेको नवलपुरको पहाडी भेगमा यतिबेला सुन्तला जात फलफूलका बोट बिरुवाले भरिभराउ छन् । यहाँका ९९० घरधुरी सुन्तला र कागती खेतीमा सक्रिय छन् ।

यहाँको पाखापखेरामा अहिले सुन्तला जातका फलफूल लटरम्म फल लागेका छन्, त कहीँ फूल फुलिरहेका छन् । जिल्लामा आर्थिक वर्ष २०७५र७६ बाट प्रधानमन्त्री कृषि आधुनिकीकारण परियोजना (सुन्तला जात फलफूल जोन ) लागु भएपछि यहाँका पाखापखेरामा सुन्तला, कागती, निबुवा र मौसमका बोट देख्न सकिन्छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजना कार्यान्वयन एकाइ कावासोतीका प्रमुख वरिष्ठ कृषि अधिकृत सुनीलकुमार सिंहले पाँच वर्षअगाडि ३३१ हेक्टरमा भएको यो खेती आयोजना सुरु भएपछि ८१८ हेक्टरमा विस्तार भएको जानकारी दिनुभयो । परियोजना लागु हुनुभन्दा अघि यहाँका बासिन्दामा व्यावसायिक रूपमा सुन्तला जात फलफूल खेती गर्ने चलन थिएन । अहिले भने यहाँ विभिन्न कृषक समूह, व्यक्तिगत फर्म, कृषि सहकारीमार्फत व्यावसायिक रूपमा सुन्तला जात फलफूल खेती गरिएको छ । परियोजनाले बुलिङटार, बौदीकाली गाउँपालिका, हुप्सेकोट–५, देवचुली–६, मध्यबिन्दु ८ र १५ वडा गैँडाकोट नगरपालिकाको १८ नम्बर वडासहित १७ वटा वडामा सुन्तला जात फलफूलका लागि जोन कार्यक्रम सञ्चालनमा रहेको प्रधानमन्त्री कृषि आधुनिकीकारण परियोजना एकाइका सूचना अधिकारी तथा कृषि अधिकृत रणबहादुर महत्तोले बताउनुभयो ।

गैँडाकोटका किसान गुप्तप्रसाद रेग्मीले ८० रोपनी क्षेत्रफलमा सुन्तला जात फलफूल खेती गर्नुभएको छ । उहाँले तीन हजार बोट सुन्तला, कागती र निबुवाको बोट लगाउनुभएको छ । पहाडी क्षेत्रमा सिँचाइका लागि समस्या हुने भए पनि परियोजनाको सहयोगले निकै सहज भएको उहाँले बताउनुभयो । मल बिउमा पनि अनुदानमा पाएपछि खेती गर्न हौसला मिलेको उहाँ बताउनुहुन्छ । केही समस्या परे खेतबारीमै आएर समस्या समाधान गर्ने हुँदा खेती गर्न कुनै पनि कठिनाइ नभएको उहाँको भनाइ छ । अर्का किसान युगबहादुर सारूमगरले डोँडे रतनपुर गाउँमा १६ रोपनी क्षेत्रफलमा सुन्तला र मौसम खेती गर्नुभएको छ । सुन्तला र मौसमको छ सय बोट उहाँले रोप्नुभएको छ । आफ्नो आर्थिक स्तर उकास्ने लक्ष्य राखेर व्यावसायिक कृषि खेतीमा लागेको र अझै खेती विस्तार गर्ने सोच रहेको उहाँले बताउनुभयो । बिरुवा, कृषि औजार, सिँचाइ र प्राविधिक कुरामा परियोजनाले सहयोग गर्दै आएको उहाँले बताउनुभयो । जिल्लामा आव २०७९।८० मा पचास मेट्रिक टन सुन्तला जातका कागती उत्पादन भएको थियो । त्यसबाट साठी लाख रुपियाँ आम्दानी भएको प्रधानमन्त्री कृषि आधुनिकीकारण परियोजनाले जनाएको छ । यस्तै चालु आवमा अहिलेसम्म ७९।९५ मेट्रिक टन उत्पादनबाट ७१ लाख ३८ हजार पाँच सय आम्दानी भएको परियोजनाले जानकारी दिएको छ ।

परियोजना अन्तर्गत सुन्तला जातको बिरुवामा ५० प्रतिशत, सिँचाइका लागि ८५ प्रतिशत, कृषि औजारका लागि ५०, निःशुल्क प्राविधिक सेवा, सङ्कलन केन्द्र निर्माणका लागि ८५ प्रतिशत अनुदान प्रदान गरेर कृषकलाई खेतीका लागि प्रेरित गर्ने काम गरिएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...