सुन्तला जातको खेती विस्तार

Published on

काठमाडौं । नवलपुरमा सुन्तला जातको फलफूल खेतीको क्षेत्र दुई गुणाले विस्तार भएको छ । केही वर्षअघिसम्म पाखापखेरामा सीमित रहेको नवलपुरको पहाडी भेगमा यतिबेला सुन्तला जात फलफूलका बोट बिरुवाले भरिभराउ छन् । यहाँका ९९० घरधुरी सुन्तला र कागती खेतीमा सक्रिय छन् ।

यहाँको पाखापखेरामा अहिले सुन्तला जातका फलफूल लटरम्म फल लागेका छन्, त कहीँ फूल फुलिरहेका छन् । जिल्लामा आर्थिक वर्ष २०७५र७६ बाट प्रधानमन्त्री कृषि आधुनिकीकारण परियोजना (सुन्तला जात फलफूल जोन ) लागु भएपछि यहाँका पाखापखेरामा सुन्तला, कागती, निबुवा र मौसमका बोट देख्न सकिन्छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजना कार्यान्वयन एकाइ कावासोतीका प्रमुख वरिष्ठ कृषि अधिकृत सुनीलकुमार सिंहले पाँच वर्षअगाडि ३३१ हेक्टरमा भएको यो खेती आयोजना सुरु भएपछि ८१८ हेक्टरमा विस्तार भएको जानकारी दिनुभयो । परियोजना लागु हुनुभन्दा अघि यहाँका बासिन्दामा व्यावसायिक रूपमा सुन्तला जात फलफूल खेती गर्ने चलन थिएन । अहिले भने यहाँ विभिन्न कृषक समूह, व्यक्तिगत फर्म, कृषि सहकारीमार्फत व्यावसायिक रूपमा सुन्तला जात फलफूल खेती गरिएको छ । परियोजनाले बुलिङटार, बौदीकाली गाउँपालिका, हुप्सेकोट–५, देवचुली–६, मध्यबिन्दु ८ र १५ वडा गैँडाकोट नगरपालिकाको १८ नम्बर वडासहित १७ वटा वडामा सुन्तला जात फलफूलका लागि जोन कार्यक्रम सञ्चालनमा रहेको प्रधानमन्त्री कृषि आधुनिकीकारण परियोजना एकाइका सूचना अधिकारी तथा कृषि अधिकृत रणबहादुर महत्तोले बताउनुभयो ।

गैँडाकोटका किसान गुप्तप्रसाद रेग्मीले ८० रोपनी क्षेत्रफलमा सुन्तला जात फलफूल खेती गर्नुभएको छ । उहाँले तीन हजार बोट सुन्तला, कागती र निबुवाको बोट लगाउनुभएको छ । पहाडी क्षेत्रमा सिँचाइका लागि समस्या हुने भए पनि परियोजनाको सहयोगले निकै सहज भएको उहाँले बताउनुभयो । मल बिउमा पनि अनुदानमा पाएपछि खेती गर्न हौसला मिलेको उहाँ बताउनुहुन्छ । केही समस्या परे खेतबारीमै आएर समस्या समाधान गर्ने हुँदा खेती गर्न कुनै पनि कठिनाइ नभएको उहाँको भनाइ छ । अर्का किसान युगबहादुर सारूमगरले डोँडे रतनपुर गाउँमा १६ रोपनी क्षेत्रफलमा सुन्तला र मौसम खेती गर्नुभएको छ । सुन्तला र मौसमको छ सय बोट उहाँले रोप्नुभएको छ । आफ्नो आर्थिक स्तर उकास्ने लक्ष्य राखेर व्यावसायिक कृषि खेतीमा लागेको र अझै खेती विस्तार गर्ने सोच रहेको उहाँले बताउनुभयो । बिरुवा, कृषि औजार, सिँचाइ र प्राविधिक कुरामा परियोजनाले सहयोग गर्दै आएको उहाँले बताउनुभयो । जिल्लामा आव २०७९।८० मा पचास मेट्रिक टन सुन्तला जातका कागती उत्पादन भएको थियो । त्यसबाट साठी लाख रुपियाँ आम्दानी भएको प्रधानमन्त्री कृषि आधुनिकीकारण परियोजनाले जनाएको छ । यस्तै चालु आवमा अहिलेसम्म ७९।९५ मेट्रिक टन उत्पादनबाट ७१ लाख ३८ हजार पाँच सय आम्दानी भएको परियोजनाले जानकारी दिएको छ ।

परियोजना अन्तर्गत सुन्तला जातको बिरुवामा ५० प्रतिशत, सिँचाइका लागि ८५ प्रतिशत, कृषि औजारका लागि ५०, निःशुल्क प्राविधिक सेवा, सङ्कलन केन्द्र निर्माणका लागि ८५ प्रतिशत अनुदान प्रदान गरेर कृषकलाई खेतीका लागि प्रेरित गर्ने काम गरिएको छ । गोरखापत्र

ताजा समाचार

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

काठमाडौं । कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको छैन । पशुचौपाया दूध...

दाङमा बढ्दै डेङ्गुका बिरामी

काठमाडौं । दाङका विभिन्न स्थानमा डेङ्गुका बिरामी देखा पर्न थालेका छन् । घोराहीस्थित राप्ती स्वास्थ्य...

वार्षिक १५ जनाको कलेजो प्रत्यारोपण

काठमाडौं । नेपालमा केही वर्षअघिसम्म कल्पनामा सीमित रहेको कलेजो प्रत्यारोपण निरन्तर रूपमा हुन थालेको...

‘सहकर्मी गुमाउँदा अत्यन्त मर्माहत’

काठमाडौं । सौर्य एयरलाइन्स प्रालिले स्थापनाकालदेखि परिवारको रुपमा काम गर्दै आएका मित्र एवम् सहयोगीहरुको...