कालिगण्डकी कोरिडोरमा सुविधा सम्पन्न होटल सञ्चालनको तयारी

Published on

काठमाडौं । कालिगण्डकी कोरिडोरमा सुविधा सम्पन्न होटल सञ्चालनको तयारी गरिएको छ । पछिल्ला केही वर्ष यता म्याग्दी र मुस्ताङमा पर्यटक आगमन बढेसँगै कालिगण्डकी कोरिडोरमा ठुलो लगानी गरेर सुविधा सम्पन्न होटल खुल्ने क्रम बढेको छ ।

कोरिडोरमा पर्ने म्याग्दीको सदरमुकाम बेनीसँग जोडिएको पर्वतको जलजला गाउँपालिका वडा नम्बर ३ पर्वत बेनीमा ३० करोड रुपियाँ लगानीमा सुविधा सम्पन्न होटल सञ्चालनको तयारी गरिएको छ । पर्वत बेनीका व्यवसायी कृष्ण केसीले २३ रोपनी क्षेत्रफलमा होटल, गार्डेन, पार्कीङ सुविधा, दुई सय पचास जना क्षमताको पार्टी प्यालेस र स्विमिङ पुलसहितको सुविधा सम्पन्न ४० कोठा भएको होटल सञ्चालनको तयारी गर्नुभएको हो । तीन वर्ष अघि ज्ञान गौरी प्यालेस प्रालिले होटलको पूर्वाधार निर्माण थालेको थियो । पूर्वाधार निर्माण सम्पन्न भएसँगै आगमी वैशाख १ गते नयाँ वर्षदेखि होटल सञ्चालनका लागि तयारी गरिएको प्रालिका सञ्चालक केसीले जानकारी दिनुभयो ।

होटलमा हनिमुन स्विट रुम ३ वटा, मिनि स्विट रुम २ वटा, स्टाण्र्ड रुम १२ वटा र डिलक्स रुम २२ वटा रहेको सञ्चालक केसीले बताउनुभयो । सबै रुमहरुमा एसी जडान गरिएको उहाँको भनाइ छ । होटलमा एक सय जनासम्म पाहुना राख्न सक्ने क्षमता रहेको छ । करिब एक सयभन्दा बढी सवारीसाधन पार्किङ गर्न सकिने गरी पार्किङ स्थल निर्माण गरिएको छ । उहाँले भन्नुभयो, ‘‘पूर्वाधारको सम्पूर्ण कामहरु सकिएको छ । कोठाहरुको व्यवस्थापन, सजावट लगायतका कामहरु सकेर नयाँ वर्षदेखि पाहुनालाई स्वागत गर्ने तयारीमा छौं ।’’ म्याग्दी र मुस्ताङको भ्रमणमा आउने पर्यटकलाई उच्चस्तरीय सेवा दिनका लागि होटल सञ्चालन गर्न लागिएको सञ्चालक केसीले बताउनुभयो ।

पछिल्लो समय मुस्ताङ भ्रमणमा आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको र बेनी, बागलुङ र कुस्मामा सुविधा सम्पन्न होटलको सङ्ख्यामा कमी भएका कारण पर्यटकहरु पोखरा पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गरेर होटल सञ्चालन गर्न लागिएको केसीको भनाइ छ । होटलका निर्माणका लागि पैतृक जग्गामा थप साढे आठ रोपनी जग्गा खरिद गरेको उहाँले बताउनुभयो । होटल सञ्चालमा आएपछि साविक धौलागिरिको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास गरिएको छ । यो होटल यस क्षेत्रकै सुविधा सम्पन्न होटल हुने सञ्चालक केसीले दाबी गर्नुभयो । सबै प्रकारका पाहुनालाई हामीले सेवा दिन्छौं उहाँले भन्नुभयो, ‘‘मुस्ताङ भ्रमण गर्न आउने नेपाली, भारतीय र अन्य मुलुकका पर्यटकले रोजेको र खोजे अनुसारको सेवा सुविधा प्रदान गर्दछौं ।’’ गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...