तस्करीको सामान सङ्कलन गरी बिक्री गरिँदै

Published on

काठमाडौं । नेपालगन्जमा गोदाम नै राखेर भारतबाट चोरी निकासी गरी ठुलो परिमाणमा भन्सार छलिका सामानहरू जम्मा गरेर बिक्री हुने गरेको खुलेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण हेडक्वाटर बागेश्वरी बाँकेले सोही प्रकारको एक गोदाममा छापा मारेको छ भने सात लाखभन्दा बढीको अवैध सामान नियन्त्रणमा लिएको छ । सुरक्षा निकायले पटक–पटक भारतबाट अवैध रूपमा भित्र्याएका वा भित्र्याउन खोजेका सामानहरू नियन्त्रणमा लिँदै आए पनि नाका पारीबाट हुँदै आएको चोरी तस्करी भने रोकिएको छैन । तस्करहरूले नेपालगन्जमा गोदाम नै राखेर भन्सार छलिका सामान सङ्कलन गरेर बिक्री गर्दै आएको पाइएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण हेडक्वाटर बागेश्वरी बाँकेका प्रमुख एसपी विमल डाँगीको नेतृत्वमा रहेको सशस्त्र प्रहरीको टोलीले नेपालगन्ज–१२ स्थित अवैध सामान जम्मा गरेको गोदाममा सोमबार छापामारेर सात लाखभन्दा बढीको भन्सार छलिको सामान बरामद गरेको हो । नेपालगन्जमा गोदाम नै बनाएर अवैध आयात गर्दै आएको सूचनाको आधारमा छापामार्दा ठुलो मात्रा भारतबाट ल्याएर बेच्न पठाउन लागिएको अवस्थामा चप्पल, बल्व, ब्याट्री तथा लेडिज सुटसहितका कपडा बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण हेडक्वाटर बागेश्वरी बाँकेका प्रमुख एसपी डाँगीले बताउनुभयो ।

उहाँले सो गोदामबाट सात लाख रुपियाँको २४ बोरा र ४० कार्टुन अवैध सामान नियन्त्रणमा लिइएको बताउनुभयो । गोदाम कसको हो भन्ने बारेमा अझै पत्ता नलागेकाले अनुसन्धान भइरहेको एसपी डाँगीले बताउनुभयो । भारतबाट तस्करी गरेर नेपालगन्जमा अवैध गोदाम नै बनाएर सामान राखिएको भन्ने सूचनाका आधार छापा मार्दा उक्त अवैध सामान बरामद गर्न सफल भएको सशस्त्र प्रहरीले जनाएको छ । बरामद गरिएको अवैध सामानलाई थप कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीका एसपी डाँगीले बताउनुभयो । उहाँले भन्सार चोरी पैठारी बढ्दै गएको देखिएपछि सो नियन्त्रण गर्न यस्ता अवैध गोदामको पहिचान गरी छापा मार्ने कार्यलाई तीव्रता दिएको बताउनुभयो । अवैध आयात, भन्सार राजस्व छली र विभिन्न प्रकारका चोरी तस्करी नियन्त्रणका लागि नाकामा खटिएको सशस्त्र प्रहरीले हाल आएर अत्यधिक कडाइ सुरु गरेको जनाइएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...