वाटरपार्कमा मोटरबोट सुरु

Published on

पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न खोजिएको नेपालगञ्जको वाटरपार्कमा मोटरबोट सञ्चालनमा ल्याइएको छ । नेपालगञ्ज उपमहानगरपालिका प्रक्ता तथा वडा नम्बर १ का वडाध्यक्ष प्रमोद रिजालले वाटरपार्कमा मोटरबोटको सञ्चालनसँगै आन्तरिक र बाह्य पर्यटक आकर्षित हुने अपेक्षा गरिएको बताउनुभयो ।

बोटेबोरा प्रालिले वार्षिक १९ लाख ५५ हजार रुपियाँमा वाटरपार्कको ठेक्का पाएपछि पहिलो पटक मोटरबोटको परीक्षण सुरु गरिएको हो । प्रालिले १० वर्षका लागि ठेक्का पाएको छ । यो कम्पनीले चितवनको नारायणी नदीमा पानी जहाज सञ्चालन गरिरहेका कारण वाटरपार्कमा मोटरबोटले नियमितता पाउने वडाध्यक्ष रिजालले बताउनुभयो । वडाध्यक्ष रिजालले भन्नुभयो, ‘‘वाटरपार्कमा मोटरबोट चलसँगै यहाँको चहलपहल बढ्ने निश्चित छ ।’’ सोमबार राति नगरप्रमुख प्रशान्त विष्ट, वडा अध्यक्ष रिजालसहितको टोलीलाई राखेर मोटरबोटको परीक्षण गरिएको हो । वाटरपार्कमा मङ्गलबारदेखि सुरु हुन लागेको व्यापार मेलालाई दृष्टिगत गर्दै मोटरबोट चलाउन सुरु गरिएको हो ।

वाटरपार्क करिब १० बिघा क्षेत्रफलमा फैलिएको छ । नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर १ र १८ मा पर्ने तालको चारैतिर आकर्षक सडक निर्माण गरिएको छ । पार्क वरिपरि बिहान र साँझको समयमा पदयात्रा गर्ने र समय बिताउनेहरु आउने गरेका छन् । यो तालसँगै नगरभित्र रहेका रानी तलाउ र कान्ति ताल जलविहारका लागि उपयुक्त छ । नगरकै ठुलो ताल कान्तितालमा भने हालसम्म जल विहारको व्यवस्था हुन सकेको छैन । गोरखापत्र

ताजा समाचार

रु दुई अर्ब बराबरको सम्पत्ति जफतको प्रक्रियामा गृह मन्त्रालय

काठमाडौं । गृह मन्त्रालयले भ्रष्टाचारबाट आर्जन गरेको सम्पत्ति सरकारका नाममा फिर्ता ल्याउन सक्रियता बढाएको...

जग्गाको स्वामित्व नपाएको वनकरियाको गुनासो

काठमाडौँ । मकवानपुरको मनहरी गाउँपालिका–४, मुसेधापमा बसोबास गर्दै आएका लोपोन्मुख समुदायका वनकरियाले जग्गाको स्वामित्व...

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई भ्रष्टाचार मुद्दामा १४ वर्षको जेल सजाय

काठमाडौँ । पाकिस्तानको एक अदालतले पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उहाँकी पत्नी बुशरा...

क्यालिफोर्नियामा आगलागीको जोखिम अझै उच्च

काठमाडौँ । दक्षिणी क्यालिफोर्नियामा अझै पनि डढेलोको उच्च जोखिम रहेको बताइएको छ । अग्नि...