साङ्केतिक भाषा प्रशिक्षण फरक क्षमता भएकालाई

Published on

काठमाडौं । स्याङ्जाको चापाकोटमा दुई महिने साङ्केतिक भाषा प्रशिक्षण सञ्चालन गरिएको छ । फरक क्षमता भएका व्यक्तिहरुको पहुँच बढाउन नगरपालिकाले भाषा तालिम सञ्चालन गरेको हो ।

पालिकाले प्रवाह गर्ने सेवा तथा अन्य गतिविधिमा फरक क्षमता भएकाहरुको पहुँच बढाउन र उनीहरुलाई निर्णय तहमा सहभागी गराउने उद्देश्यले तालिम सञ्चालन गरिएको चापाकोट नगरपालिकाका प्रमुख देब बहादुर खाँण (ईश्वर)ले जानकारी दिनुभयो । पालिकाका हरेक गतिविधि, सभा तथा कार्यक्रमलाई साङ्केतिक भाषा मार्फत सूचना प्रवाह गर्ने योजना रहेको प्रमुख खाँणको भनाइ छ । फरक क्षमता भएकाहरुले सेवा लिन समस्या भएको गुनासो आएपछि यस्तो प्रकृतिको तालिम सञ्चालन गरिएको नगर उपप्रमुख ईशा रानाले बताउनुभयो । महिला, बालबालिका मात्रै होइन सुन्न र बोल्न नसक्ने पुरुषहरु समेत सेवा लिन असमर्थ हुँदै आएका भन्दै उपप्रमुख रानाले अव उनीहरुलाई प्रत्यक्ष फाईदा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

पालिकामा फरक क्षमताका अवस्थामा रहेकाहरुको संख्या दुई सय ५० रहेको छ । भने सुन्न र बोल्न नसक्ने प्रकृतिका मानिसहरुको सङ्ख्या २० जना रहेको प्रमुख प्रशासकीय अधिकृत ध्रुव खनालले जानकारी दिनुभयो । चापाकोट अपाङ्ग संघको सहजीकरणमा भएको तालिममा फरक क्षमता भएकाहरु सहित गरी ३० जनाको सहभागिता रहेको थियो । तालिममा अस्मिता खनालले प्रशिक्षण दिनु भएको थियो । संघले यसअघि फरक क्षमता भएकाहरुलाई उद्यमशीलतामा जोड्न विभिन्न तालिमहरु सञ्चलन गर्दै आएको छ । उनीहरुकै माग र आवश्यक्ताका आधारमा अचार बनाउने, मोडा बुन्ने लगायतका तालिमहरु सञ्चालन गर्दै आएको चापाकोट अपाङ्ग संघका अध्यक्ष सुनिता थापाले जानकारी दिनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

एमाले महाधिवेशनको बन्दसत्र सुरु

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको...

बाँकेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८ जना बालबन्दी पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८...

एमालेका उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले कुनै पदमा उम्मेदवारी नदिने

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय...

छ महिनामा भित्रियो साढे ३० करोड

काठमाडौं । छ महिनाको अवधिमा सल्यान कपुरकोट क्षेत्रका किसानहरूले बेमौसमी ताजा तरकारी एवं फलफूल...