“राष्ट्रियसभा चुनाव : कांग्रेस गुल्मीले तीन पूर्वसभापतिलाई सिफारिस, क्रियाशील सदस्यता नवीकरणमा तीव्रता”

Published on

काठमाडौं । गुल्मीबाट नेपाली कांग्रेसले आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि तीन जना उम्मेदवारको नाम सिफारिस गरेको छ। जिल्ला कार्यसमितिको बैठकबाट तीन पूर्वसभापतिहरूको नाम लुम्बिनी प्रदेश कार्यसमितिमा पठाइएको पार्टी सभापति खिलध्वज पन्थीले जानकारी दिनुभयो। सभापति पन्थीका अनुसार सिफारिस गरिएका नामहरूमा पूर्वसभापति राजेन्द्र प्रसाद पन्त, चन्द्रबहादुर के.सी. र त्रैलोक्य प्रताप सेन रहेका छन्। यसै बैठकमा पार्टीको क्रियाशील सदस्यता सम्बन्धी विषयमा पनि विस्तृत छलफल गरिएको सचिव भगतसिंह खड्काले बताउनुभयो।

उहाँका अनुसार केन्द्रीय परिपत्रअनुसार मङ्सिर २९ गतेभित्र क्रियाशील सदस्यता नवीकरणमा छुट भएका व्यक्तिहरूको नाम समावेश गराउन सबै तहहरूलाई निर्देशन दिइएको छ। १५औँ महाधिवेशनका लागि गुल्मीमा नयाँ क्रियाशील सदस्यता वितरण कार्यलाई तीव्र बनाइएको कांग्रेस गुल्मीले जनाएको छ। क्षेत्रीय समिति हुँदै पालिका तथा वडा समितिबाट नयाँ सदस्यता फाराम वितरण भइरहेको छ। सभापति पन्थीका अनुसार केन्द्रबाट आएको नयाँ क्रियाशील सदस्यता फाराम क्षेत्रीय समितिले पालिकामार्फत वडा तहसम्म पु¥याइसकेको छ। निर्धारित समयमा वितरण तथा नवीकरणको सम्पूर्ण कार्य सक्न जिम्मेवारीपूर्वक लाग्न सबै तहलाई आग्रह गरिएको छ। नयाँ सदस्यता वितरणमा समावेशीता, युवा सहभागिता तथा अन्य पार्टीबाट प्रवेश गर्नेहरूलाई पनि प्राथमिकता दिने नीति अपनाइएको बताइएको छ। गुल्मी कांग्रेसले राष्ट्रियसभा चुनावको तयारीसँगै संगठन सुदृढीकरणका कार्यलाई पनि समानान्तर गतिमा अघि बढाएको जनाएको छ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...