क्याप्टेन उप्रेतीको ‘भूस्वर्गका परिकल्पना सुदूरपश्चिम नेपाल’ पुस्तकमाथि महेन्द्रनगरमा विमर्श

Published on

महेन्द्रनगर । क्याप्टेन वेद उप्रेतीले हालै प्रकाशनमा ल्याएको ‘दुर्गम विस्मयलोक–भूस्वर्गको परिकल्पना सुदूरपश्चिम नेपाल’ पुस्तकमाथि महेन्द्रनगरमा विमर्श गरिएको छ । बुधबार महेन्द्रनगरमा एक कार्यक्रमका बिच पुस्तक विमर्श गरिएको हाे । 

गत महिनाकाे २६ गते काठमाडौंमा लोकार्पण गरिएको उक्त पुस्तकमा सुदूरपश्चिमका पर्यटकीय स्थल र पर्यटनका सम्भावनाहरूलाई  शब्द चित्रमार्फत उजागर गरिएको क्याप्टेन वेद उप्रेतीले बताएका छन् ।
“आफूले पाइलटका आँखाले देखेको सुदूरपश्चिमको सुन्दरतालाई पुस्तकमार्फत व्यक्त गर्नकाे लागि पुस्तक ल्याइएको हाे ।” क्याप्टेन उप्रेतीले भने, “सुदूरपश्चिमका पर्यटकीय स्थलका तस्बिर तथा ती स्थलमा विकासका लागि गर्न सकिने सम्भावनाका चित्रहरू पुस्तकमा समावेश गरिएको छन्, जसअनुसार प्रत्यक्ष रुपमा त्यस क्षेत्रकाे पर्यटन प्रचारप्रसार एवम् विकासमा पनि भुमिका निर्वाह हुनेछ ।”

सुदूरपश्चिम प्रदेशका प्रत्येक जिल्लाका पर्यटकीय स्थलका सम्भावनाबारे समेत पुस्तकमा उल्लेख गरिएको उनले बताए ।

ताजा समाचार

दाहस्थानमा प्रहरीचौकी !

काठमाडौं । जनताको सुरक्षामा खटिएका प्रहरी छ महिनादेखि दाहस्थानको सत्तलमा रात बिताइरहेका छन् ।...

इन्द्रजात्रामा लाखे व्यवस्थापनको विषयमा छलफल

काठमाडौं । इन्द्रजात्रामा लाखेको जात्रा व्यवस्थित तथा मर्यादित ढङ्गले सञ्चालन गर्नको लागि शनिबार जात्रासँग...

गाजा युद्ध १२ औँ महिनामा प्रवेश, युद्धविरामको सम्भावना अझै क्षीण

काठमाडौं । गाजामा इजरायल र हमासबीचको युद्ध शनिबार १२ औँ महिनामा प्रवेश गरेको छ...

जर्मनीको जङ्गलमा भीषण डढेलो, सयौँ मानिसलाई सुरक्षित स्थलमा सारियो

काठमाडौं । मध्य जर्मनीको पहाडी क्षेत्रमा लागेको भीषण डढेलो नियन्त्रणका लागि शनिबार अग्नि नियन्त्रक...